सप्तरी जिल्ला अदालतमा आगजनी, सम्पूर्ण मुद्दाको पेशी अनिश्चितकालका लागि स्थगित

राजविराज– सप्तरी जिल्ला अदालतमा लागेको आगलागीका कारण सम्पूर्ण मुद्दाको पेशी र अन्य अदालती कार्य अनिश्चितकालका लागि स्थगित गरिएको छ।

अदालत प्रशासनले जारी गरेको सूचनामा भदौ २४ गतेको आगजनीका कारण अदालत भवन पूर्णरूपमा जलेर नष्ट भएको उल्लेख छ। आगलागीबाट अदालतभित्र रहेका मिसिल, नेटवर्किङ उपकरण, कम्प्युटर, प्रिन्टर लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

यस कारण आजका लागि तोकिएका मुद्दाको पेशी स्थगित गरिएको र भोलिदेखि तोकिएका सबै मुद्दाको सुनुवाइ तथा अन्य अदालती काम–कारवाही अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको अदालतले जनाएको छ।

अदालत प्रशासनले सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै परिस्थिती सामान्य भएपछि मात्र कामकाज सञ्चालन हुने स्पष्ट पारेको छ।

जेन–जी आन्दोलनका क्रममा देशभर सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भइरहेका बेला सप्तरी जिल्ला अदालतमा भएको क्षतिले न्यायिक प्रक्रिया अवरुद्ध बनेको छ। यसले मुद्दा विचाराधीन रहेका सर्वसाधारणलाई थप समस्या सिर्जना गरेको भन्दै आलोचना सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट