पश्चिम नवलपरासी र काभ्रेपलाञ्चोक कारागारमा कैदीबन्दीको विद्रोह, आगजनीपछि फरार

काठमाडौँ– मुलुकमा जेनजी आन्दोलनपछि देशभरकै कारागारमा कैदीबन्दीहरू असन्तुष्ट देखिएका छन्। पश्चिम नवलपरासीको जिल्ला कारागारमा रिहाइको मागसहित कैदीबन्दीहरूले नाराबाजी गर्दै आगजनी गरेका छन्।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोलीहरूले नियन्त्रण प्रयास गरे पनि अधिकांश कैदीबन्दी भाग्न सफल भएका छन्। उक्त कारागारमा करिब ५ सय बढी कैदीबन्दी थिए।

त्यस्तै, काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा पनि मंगलबार आगलागी भएको छ। कारागारभित्र रहेका कैदीहरूले नाराबाजी गर्दै बाहिर निस्कन पाउनुपर्ने माग राखेका थिए। आक्रोशित कैदीहरूले सोही क्रममा आगो लगाएका हुन्। हाल दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ।

कारागार बाहिर ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत खटिएको छ। काभ्रेपलाञ्चोक कारागारमा २८३ कैदी रहेका छन्। सुरक्षा निकायहरूले भागेका कैदीहरूलाई नियन्त्रणमा लिन प्रयास तीव्र पारेका छन्।

यस घटनाले देशभरका कारागार सुरक्षा र व्यवस्थापनमा चुनौती थपेको छ। प्रशासनले आगो नियन्त्रण र भागेका कैदीलाई पुनः नियन्त्रणमा ल्याउन उच्च सतर्कता अपनाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट