बाँकेको बाल सुधारगृहमा झडपः पाँच जनाको मृत्यु, सयौं फरार

काठमाडौँ– बाँकेको नौवस्तास्थित बाल सुधारगृहमा बुधबार बिहान भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

कारागार प्रमुख जालन्धर भुसालका अनुसार, बालबिज्याइँकर्ताहरूले गेट फोरेर बाहिर निस्कन खोज्दा झडप उत्पन्न भएको थियो। घटनामा पाँच जना बालकको मृत्यु भएको र घाइतेहरूको नेपालगञ्जस्थित भेरी अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।

भुषालका अनुसार, दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको हो। स्थानीय प्रशासनका अनुसार, झडपपछि कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन्।

कारागार प्रशासनले घटनाको पूर्ण छानबिन गरिरहेको र सुरक्षा उपाय कडा बनाइएको जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट