संकटको बेला लुक्ने डरपोक बालेन जस्तो नेतृत्वले देशलाई विकास र निकास दिन सक्दैनः हर्क साम्पाङ

राजविराज– धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ राईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई ‘डरपोक’ को संज्ञा दिएका छन्। जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन युवाहरुलाई आह्वान गरेको अवस्थामा हिजो साम्पाङ दलबलसहित सैनिक मुख्यालय पुगेका थिए।

साम्पाङका अनुसार, संकटको बेला सडकमा आउन नसक्ने, लुक्ने र जिम्मेवारी अरूमा सुम्पने प्रवृत्ति भएका व्यक्तिलाई नेतृत्व मान्नु नै देशले निकास र विकास नपाउने मुख्य कारण हो। उनले सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै भने, ‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास!’

उनले बालेनजस्ता व्यक्तिको नेतृत्वप्रतिको दृष्टिकोणले देशको राजनीतिक अस्थिरता र विकासमा बाधा पु¥याएको बताएका छन्। यसअघि, बालेन साहले प्रस्तावित अन्तरिम सरकार प्रमुख पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई समर्थन जनाएका थिए। साम्पाङको यो प्रतिक्रिया राजनीतिक दलहरू र स्थानीय नेतृत्वबीचको विवादलाई फेरि केन्द्रित बनाएको छ।

साम्पाङ भने आफुलाई देशको प्रधानमन्त्री बनाउनु पर्ने माग राख्दै सडकमा संघर्ष गरिरहेका छन्। विहिबार जेनजी समुहको प्रदर्शनमा साम्पाङ समर्थक मिसिएपछि कुटाकुट समेत भएको थियो।

भीडीओ यहाँबाट हेर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट