बालेन्द्रको घरमा २५ भदौको बैठकः शुशिलाको नेतृत्वमा सरकार, स्विकृतिका लागि पठाईयो भारतीय दूतावास

राजविराज— भदौ २३ र २४ गते जेनजीको नाममा भएको विध्वंशात्मक आन्दोलनपछि भदौ २५ गते काठमाडौँका मेयर बालेन्द्र साहको घरमा शुशिला कार्कीको नेतृत्वमा मन्त्रिमण्डल गठनको प्रारम्भिक तयारी बैठक बसेको खुलासा भएको छ।
बैठकमा पूर्वप्रधानन्यायाधीश तथा वर्तमान प्रधानमन्त्री शुशिला कार्की, बालेन्द्रका कानुनी सल्लाहकार तथा वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालसहित ५ जना सहभागी थिए। अन्य दुई जनाको नाम खुलेको छैन, तर उनीहरु भारतीय दुताबास नजिकका मानिस भएको आशंका छ। स्रोतका अनुसार, यही बैठकले मन्त्रिमण्डलको मुख्य स्वरूप तयार पारेको थियो।
विश्लेषक भरत दाहालका अनुसार, यसअघि भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा काठमाडौँ र अन्य ठाउँमा भएका घटनापछि सरकार गठनको तयारी तीव्र बनाइएको थियो। बैठकपछि तयारी भएको प्रारूप भोलिपल्ट लैनचौर स्थित भारतीय दूतावासमा स्वीकृति र सुझावका लागि पठाइएको थियो।
दाहालले यसलाई देखाउँदै भनेका छन्– ‘ डिस्कर्डमार्फत् प्रधानमन्त्री चयन र अन्य मन्त्री छान्ने प्रक्रिया विशुद्ध नाटक हो। बालेन्द्र साहको घरमा बैठक भएपछि पठाइएका व्यक्ति र स्विकृतिका लागि देखिएको घुँडा धसाईले उनीहरूको खतरनाक नियत प्रष्ट देखाउँछ।’
विश्लेषकका अनुसार, बैठक र त्यसपछि पठाइएका प्रतिनिधिहरूको उद्देश्य आन्दोलनकारी युवाहरूले उठाएका माग पूरा गर्नु मात्र नभई आफ्नो राजनीतिक स्वार्थ र बाह्य रणनीतिका लागि भएको हो। जेनजी युवाहरुले विशुद्ध आफना मागसहित सुरु गरेको आन्दोलनलाई चीन लक्षित बनाईएको उनको विश्लेषण छ।
अवको योजना काठमाडौँबाट चीनीयाँ दुतावास हटाउने तर्फ केन्द्रित हुने उनले वताएका छन्। यसले नेपालमा राजनीतिक अस्थिरता र हिंसात्मक गतिविधि बढाउने संकेत पनि दिएको छ।
यसैबीच, दाहालले नेपालमा ‘फ्रि तिब्बत मुभमेण्ट’ अघि बढाउने लक्षण देखिन थालेको र सत्ता बाहिरका दललाई समेत प्रयोग गरेर हिंसा मच्चाउने प्रयास भइरहेको बताए। उनले भने, ‘यी मानिसहरू आन्दोलनका वास्तविक उद्देश्य पुरा गर्न इच्छुक छैनन्, उनीहरू दागी र स्वार्थी मात्र हुन्।’
भदौ २५ गतेको बैठक र त्यसपछि भारतीय दूतावासमा ब्यक्ति पठाइएको कदमले नेपालमा राजनीतिक समीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध र आन्दोलनको वास्तविक उद्देश्यबीचको जटिल सम्बन्ध उजागर गर्ने दाहालले बताएका छन्।