भारतको सिमलामा जिप दुर्घटनाः चार जना नेपालीको मृत्यु

काठमाडौँ– भारतको हिमाञ्चल प्रदेशस्थित सिमला जिल्लाको कोटखाई नजिक पिकअप जिप दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। मृतकमध्ये तीन जना एकै परिवारका हुन्।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका थिए। घाइते दुई जनालाई प्रारम्भिक उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रले डिस्चार्ज गरेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा जिप सडकबाट भीरबाट खसेको थियो। दुर्घटनापछि लक्ष्मी मल्ल शाहीलाई घाइते अवस्थामा अस्पताल पु¥याइएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भयो।
गम्भीर घाइते डिल्लीबहादुर शाहीलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल, सिमलामा लगिएको भए पनि उपचारकै क्रममा उनको पनि ज्यान गयो।
भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार घटनापछि भारतीय न्याय संहिता (पूर्व दण्ड संहिता) को धारा १०६ अन्तर्गत ‘लापरबाहीका कारण मृत्यु हुने कसुर’ मा मुद्दा दर्ता गरिएको छ। थप अनुसन्धान जारी रहेको डीएसपी सिद्धार्थ शर्माले जनाएका छन्।
शवलाई पोस्टमार्टमका लागि पठाइएको र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जानकारी दिएको छ। हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।