सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सर्लाही — सर्लाहीको हरिपूर्वा नगरपालिका–५ संग्रामपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार साँझ संग्रामपुर–बाँके सडकखण्डमा बीआर ३० एई ८२२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६८ वर्षीय गजेन्द्र सिंह गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, उपचारको क्रममा राति पौने ८ बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीले मोटरसाइकल चालक सर्लाहीको पर्सा गाउँपालिका–५ का अन्दाजी २४ वर्षीय सरवनकुमार साहलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट