एमाले विधान महाधिवेशनमा लगिएको चौदण्डीगढी नगरपालिकाको गाडी सिंहदबारमा ध्वस्त

बेल्टार/उदयपुर— भदौ २० मा आयोजित नेकपा एमालेको विधान महाधिवेशनका लागि लगिएको उदयपुरको चौदण्डीगढी नगरपालिकाको सरकारी गाडी जलेर ध्वस्त भएको पुष्टि भएको छ। स्थानीयका अनुसार स १ झा ५३० नम्बरको स्कारपिओ गाडी नगरपालिकाका योजना आयोगका उपाध्यक्ष किशोर ताम्रकारले लिएर काठमाडौँ गएका थिए।

गाडी भदौ २४ गते सिंहदरबार परिसरभित्र भएको जेनजी आन्दोलनका क्रममा आगलागीमा परेको हो। गाडी कसरी त्यहाँ पुग्यो र आगजनीमा पर्यो भनेर सत्य कुरा वाहिर आएको छैन। तर, ताम्रकारले भने उक्त गाडी आफुले नलगेको वताएका छन्।

उनका अनुसार नगरपालिकाको कामका सिलसिलामा मेयर कालुमान लामाकाले उक्त गाडी काठमाडौं लिएर गएका थिए। स्वास्थ्य मन्त्रालयले चौदण्डीका विद्यालयमा गर्न लागेको कार्यक्रमका लागि सम्झौता गर्न मेयर लामा २३ भदौमा त्यहाँ पुगेका थिए।

‘वहाँहरु त्यहाँ वस्दावस्दै आन्दोलन उग्र भयो, कर्फ्यु लागेपछि गाडी निकाल्न सक्नु भएन। भोलीपल्ट आगजनी हुँदा त्यो गाडी पनि जल्यो’ ताम्रकारले भने–‘म चै आफ्नै कामले ब्यक्तिगत गाडीमा काठमाडौँ गएको थिएँ। नगरपालिकाको गाडी मैले लगेको होईन।’

आफु एमाले विधान महाधिवेशनको प्रतिनिधि पनि नभएको र सरकारी गाडी लिएर जानु पर्ने औचित्य पनि नभएको भन्दै उनले आफुमाथि लागेको आरोप अस्विकार गरे। मेयर लामासँग यस विषयमा वुझ्न खोज्दा उनले बोक्ने ९८५२८३५१६६ को नम्बर रिसिभ भएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट