वौद्धिक्ता र सुशासन खोज्ने जेनजी पुस्ताका नेताको रहस्यमय यात्राः ए लेभल फेल देखि शंकास्पद गतिविधिसम्म

काठमाडौँ— भदौ २३–२४ मा सुरु भएको जेन–जी आन्दोलनले तत्कालीन राजनीतिक संरचनालाई हल्लायो। आन्दोलनमा युवा नेतृत्व, भ्रष्टाचारविरोध र अभिव्यक्ति स्वतन्त्रताका नारा गुञ्जाईए पनि यसको वास्तविक नेतृत्व अहिले विवाद र संदेहको घेरेमा परिरहेको छ। यस क्रममा अचानक ‘नेता’को रूपमा उदाएका सुदन गुरुङको गतिविधि विवादास्पद देखिन्छ।

०४४ सालमा गोर्खाको चुम्नुब्री गाउँपालिका जन्मिएका सुदन (३८), हाल काठमाडौं रानीबारीमा बस्दै आएका छन्। उनी डिजे र क्लब व्यवसायबाट सामाजिक क्षेत्रमा आए। ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्षका रूपमा उनी जेन–जी आन्दोलनमा स्वयंसेवकका रुपमा भित्रिएका थिए। तर, पछि हाइज्याक शैलीमा नेतृत्वको भूमिकामा पुगेका छन्। आन्दोलनको पहिलो दिन पानी बाँड्दै स्वयंसेवकका रूपमा देखिएका सुदन दोस्रो दिन ‘नेता बन्दिन’ भन्दै पत्रकार सम्मेलनमा रोएका थिए। भावुक भएर प्रस्तुत भएका उनको आँसुलाई धेरैले देश र युवाप्रतिको पीडाका रुपमा लिए।

आन्दोलनले एउटा दिशा लिएपछि प्रधानसेनापति अशोकराज सिग्देलसँग नयाँ सरकार गठनबारे छलफलमा सहभागी भएपछि उनी अचानक जेन–जी नेतृत्वको अग्रपंक्तिमा स्थापित भए। आफ्नै संगठनात्मक संरचना बनाएर प्रदेश संयोजकहरू तोके, जबकि आन्दोलनका प्रारम्भिक नेता सबल गौतम, पुरुषोत्तम यादव र मिराज ढुंगाना छायामा परे।

भदौ २५ सम्म सुदनको गतिविधिबारे सुरक्षा निकाय नै बेखबर थियो। पछि पत्ता लाग्यो–‘हामी नेपाल’ संस्था फ्रि तिब्बत अभियानसँग सहकार्यमा रहेको, स्टुडेण्ट फर अ फ्रि तिब्बतसँग औपचारिक सम्बन्ध रहेको र नेपालमा चीन विरोधी गतिविधिमा अप्रत्यक्ष संलग्न रहेको। थांग्रु गुम्बा (नमोबुद्ध) र अमेरिकी हिमालयन चिल्ड्रेन्स फण्डसँगको सम्बन्ध पनि शंकास्पद मानिएको छ।

अन्तर्राष्ट्रिय र कूटनीतिक रूपमा सुदनले डा. सन्दुक रुइत र बारबरा फाउन्डेशनसँग सहकार्य देखाएका छन्। दलाई लामाले नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना पठाउने क्रममा सुदनको उपस्थितिले संवेदनशील कूटनीतिक सन्दर्भ उत्पन्न गरेको छ।

आर्थिक पक्षमा पनि ‘हामी नेपाल’ को गतिविधि शंकास्द देखिएको छ। संस्थाले ५४ करोड सहयोग संकलन गरेको देखाएको छ, तर स्रोत र खर्चको विवरण अपारदर्शी छ। इसेवा र गोफण्ड मार्फत चन्दा संकलन, दीपक भट्ट र शंकर ग्रुपका व्यापारीहरूसँगको सम्बन्धले संस्थाको पारदर्शितामा प्रश्नचिन्ह लगाएको छ।

गुरुङको विदेश भ्रमण पनि संदेहपूर्ण देखिन्छ—सन् २०२३ मा टर्की र चीन भ्रमण, २०२४ मा थाइल्यान्ड भ्रमण। शिक्षामा ए लेभल भर्ना भए पनि पास हुन नसकेका सुदनले विदेश भ्रमण र अन्तर्राष्ट्रिय सहकार्यको माध्यमबाट आफ्नो छवि सुदृढ गरेका छन्।

जेन–जी आन्दोलनमा उनको भुमिका विवादित देखिन्छ। यनका स्वयंसेवकहरूले कमाण्डो शैलीमा वाकी–टकी प्रयोग गरेर प्रदर्शनमा संलग्न हुँदा हिंसा र तोडफोडको आरोप लाग्यो। सुदनले यसलाई आफ्नो ‘शौक’ भन्दै टारेका छन्।

हाल सुदनले सरकारका कानुन र प्रशासनिक निर्णयमा प्रभाव राख्दै आफूलाई ‘जेन–जी पुस्ताको नेता र भावी प्रधानमन्त्री’को रूपमा स्थापित गर्न खोजिरहेका छन्। तर, उनका पछिल्लो गतिविधि अत्यन्तै आलोचनात्मक छन्। ‘२८ वर्षसम्मका युवाले आह्वान गरेको जेनजी आन्दोलन खासमा सुदनको होईन, उनी ३८ वर्षका छन्। यसैले उनी आन्दोलन हाइज्याक गर्ने पात्र बनेका छन्।’– आलोचकहरु भन्छन्।

सुदनको सम्बन्ध बालेन साहसँग रहेको छ। उनी राजनीतिक सञ्चार सञ्जाल विस्तार गर्दै ‘क्विन मेकर’को छवि निर्माणमा सक्रिय छन्। यो सवै प्रकणले ‘नेतृत्वविहीन आन्दोलन कसरी व्यक्तिगत, आर्थिक र वैदेशिक स्वार्थको उपकरण बन्न सक्छ’ भन्ने देखाएको छ।

‘हामी नेपाल’मार्फत अन्तर्राष्ट्रिय सञ्जाल प्रवेश, जेन–जी आन्दोलनको वास्तविक नेतृत्व र उद्देश्य हराउँदै गएको संकेत, र सुदन गुरुङको रहस्यमय यात्रा—यी सबै मिलेर नेपालको युवा आन्दोलनमा नयाँ विवाद र सवाल खडा गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट