‘तलव दिन्नँ, जे गर्ने हो गर’ भन्दै कार्यवाहक मेयरको धम्कीपछि राजविराजका शिक्षक आन्दोलित, तीन महिनादेखि तलवविहिन

राजविराज — तीन महिनादेखि तलवविहिन पारेर दशैं–तिहारको समयमा पनि बेखर्ची बनाएको भन्दै राजविराज नगरपालिकाभित्रका शिक्षक–कर्मचारी आन्दोलनमा उत्रिएका छन्। तलब नपाएको विषयमा जानकारी लिन जाँदा कार्यवाहक मेयर इसरत परविनले शिक्षकहरूलाई ‘तलव दिन्नँ, जे गर्ने हो गर’ भन्दै अभद्र र अपमानजनक ब्यवहार गरेपछि उनिहरु विरोधमा उत्रिएका हुन्।
शिक्षकहरूले यस घटनालाई आफ्नो स्वाभिमानमाथिको आक्रमण भन्दै ‘शिक्षक आन्दोलन समिति, राजविराज नगरपालिका’ गठन गरी असोज ३० गतेदेखि पेन डाउन आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।
राजविराज नगरपालिकामा कार्यरत ४२ वटा विद्यालयका करिव ४५० शिक्षक तथा कर्मचारीहरूले साउनदेखि असोजसम्मको तलब नपाएको गुनासो गरेका छन्। दशैं र तिहार जस्तो पर्वमा पनि तलब नआएकोले आर्थिक संकटमा परेको उनिहरुको गुनासो छ।
शिक्षकहरूले नगरपालिकाको ढिलासुस्ती, लापरवाही र प्रशासनिक कमजोरी कारणले गर्दा तलब भुक्तानी रोकिएको बताएका छन्। उनीहरूका अनुसार बारम्बारको मागपछि असोज ३० गतेभित्र तलब आउने आश्वासन दिइएको थियो। तर त्यसअघि नै सामाजिक सञ्जालमा विभिन्न लान्छना लगाउँदै भ्रमपूर्ण अभिब्यक्ति सार्वनिक गर्न थालिएको थियो।
एक शिक्षकका अनुसार, सोही विषयमा केही शिक्षक प्रतिनिधि २९ गते नगरपालिका कार्यालय पुगेर जिज्ञासा राख्दा कार्यवाहक मेयरले पदको गरिमा नै बिर्सिएर शिक्षकहरूलाई अपमानित गरेकी थिईन। कार्यवाहक मेयरको अभिब्यक्तिले ‘शिक्षकको इज्जत र आत्मसम्मानमाथि प्रहार’ गरेको उनिहरुको ठहर छ।
एक शिक्षकका अनुसार, केही शिक्षक प्रतिनिधि नगरपालिका कार्यालय पुगेर तलबको जिज्ञासा राख्दा कार्यवाहक मेयरले पदको गरिमा नै विर्सिएर शिक्षकहरूलाई अपमानित गरेकी थिईन। कार्यवाहक मेयरको अभिब्यक्तिले ‘शिक्षकको इज्जत र आत्मसम्मानमाथि प्रहार’ गरेको उनिहरुको ठहर छ।
संयोजक योगेन्द्र प्रसाद यादवको नेतृत्वमा गठित समितिले भनेको छ–‘मेयरले प्रयोग गरेको असभ्य वाक्यांश फिर्ता लिएर माफी नमाग्दासम्म सम्पूर्ण शिक्षकहरूले पेन डाउन गर्नेछन्।’ यसअन्तर्गत विद्यालयका सबै शिक्षकहरूले पठन–पाठन, प्रशासनिक काम र बैठकहरूमा भाग नलिने तयारी गरेका छन्।
कार्यवाहक मेयर परविनको भनाई भने फरक छ। नगरसभा ढिलो भएका कारण शिक्षक कर्मचारीको तलवभत्ता केही ढिलो भएको स्विकार गर्दै उनले भनिन्‘ मैले वहाँहरुलाई ३० गतेसम्मको समय दिएकी थिएँ। तर, वहाँहरु एक दिन अगाडि नै आएर अब्जेक्सन गर्न थाल्नु भयो। नगरपालिकामाथि विश्वस्त गर्न सक्नु भएन। विश्वास नगरेपछि जे गर्नु हुन्छ जानोस भनेको हो।’
आज दिनभरमा सवै शिक्षक कर्मचारीको तलव खातामा पुगिसक्ने उनको भनाई छ।