डा. निकोलष भुसालको धम्कीः ओली र महेश वस्नेतले अर्को दशैं भेट्दैनन, ज्वाला संग्रौलाको समर्थन
राजविराज– आफूलाई जेनजी आन्दोलनको अगुवा बताउने निकोलस भुसालले निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्। उनले ओली र वस्नेतले अर्को दशैं मनाउन नपाउँने चेतावनी दिएका छन्।
कान्तिपथस्थित होटल यल्लो पगोडामा शनिवार आयोजित पत्रकार सम्मेलनमा भुसालले भदौ २३ गतेको घटनालाई ‘नरसंहार’ भन्दै दुवै नेताले आगामी दशैंसम्म हत्या गर्ने आसयको चेतावनी दिएका छन्। उनले भने, –‘हामी अहिंसावादी भएका कारण उनीहरू आज पनि जिवित छन्, भैरवनाथ गणका सेनाले त थुतेर निकाल्ने अनुमति पनि दिएको थियो, तर मैले रोकेका हो।’
भुसालले गत दशैंमा विभिन्न शक्तिपीठमा पूजापाठ गरेर ‘शक्ति प्राप्त’ गरेको दाबी गर्दै पुनः चेतावनी दिए, ‘अब अर्को दशैं ओली र महेश बस्नेतले हेर्न पाउने छैनन्।’ उनको यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया आएको छ। विश्लेषकहरूले यस्तो धम्कीलाई लोकतान्त्रिक मूल्यविपरीत र कानूनी रूपमा दुरुपयोग योग्य ठहर गरेका छन्।
स्रोतका अनुसार, सुरक्षा निकायले भुसालको वक्तव्यका आधारमा प्रारम्भिक तथ्य संकलन सुरु गरेको छ। गृह मन्त्रालयले पनि अभिव्यक्तिको कानुनी मूल्याङ्कन गर्न निर्देशन दिएको छ।
यता, भुषालको यो अभिब्यक्तिप्रति रास्वपाकी नेतृ ज्वाला संग्रौलाले समर्थन जनाएकी छिन्। उनले भुषाललाई क्रान्तिकारी युवाको उपमा दिँदै ओली र वस्नेतलाई ‘कडा दिएको’ भन्दै खुसी ब्यक्त गरेकी छिन्। उनले फेसवुकमा लेखेकी छिन्– ‘केपि ओली र महेश बस्नेतलाइ निकोलसले आज कडा दिएछन्! भिडियो क–कस्ले हेर्नू भो? जे होस, निकोलस क्रान्तिकारी युवा हुन्। भ्रष्टहरुले केही नपाएपछी ‘गजडी’ भन्न बाहेक अरु तर्क छैन निकोलस बिरुद्द उभिनलाइ!

