जेनजी आन्दोलनमा नक्खु कारागारबाट फरार भएका दुई जना कैदी सप्तरीस्थित घरबाटै पक्राउ
राजविराज— जेन–जी आन्दोलनको अराजक परिस्थितिको फाइदा उठाउँदै काठमाडौँको नख्खु कारागार र सुनसरीको झुम्का कारागारबाट फरार भएका दुई कैदी सप्तरी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–१०, बदगामाका मनोज पासवान र कञ्चनरुप नगरपालिका–३, बरमझियाका विजय खड्गा छन्। पासवान शरीर अंगभंगको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेर दुई वर्ष कैद भुक्तान गरिसकेका थिए। खड्का लागूऔषध मुद्दामा ५ वर्ष ६ महिना सजाय पाएका थिए र ९ महिना कैद भुक्तान गरिसकेका थिए।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले दुवै फरार कैदीसँग सोधपुछ गर्दा, उनीहरू जेन–जी आन्दोलनको बेला कारागारबाट भागेको पुष्टि भएको थियो। पक्राउपश्चात दुवैलाई सप्तरी कारागार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए।
जेन–जी आन्दोलनका क्रममा देशका विभिन्न कारागारहरूमा सुरक्षा चुनौती देखा परेको थियो। कतिपय कारागारका कैदी–बन्दीहरू आन्दोलनको बहानामा फरार भएका थिए। यसै सिलसिलामा सप्तरी प्रहरीले कडा प्रतिक्रिया देखाउँदै फरार दुई कैदीलाई पुनः नियन्त्रणमा लिन सफल भएको हो।
लोकप्रिय
सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
