जेलबाट भागेको विषयमा मतदाताको प्रश्नपछि रवि लामिछाने तनावमाः ‘आयोगमा बयान दिएँ’ भन्दै उम्किँदै!

चितवन — टेलिभिजन प्रस्तोता हुँदै राजनितिमा आएका रास्वपा सभापति रवि लामिछाने सदावहार विवादित पात्र हुन। टेलिभिजनमा आक्रमक शैली र आक्रोशपूर्ण अभिव्यक्तिले उनलाई लोकप्रिय बनायो, र यो लोकप्रियताको उपयोग गरेर उनले अघिल्लो संसदीय चितवन चितवन– २ मा जीत हासिल गरे।

तर, केवल लोकप्रियताले मात्र राजनीतिमा टिकाउन सक्दैन। दोहोरो नागरिकता र राहदानी विवादमा सर्वोच्च अदालतले दोषी ठहर गर्दा उनको उपप्रधानमन्त्री र गृहमन्त्री पद गयो भने संसद पद पनि खोसियो। त्यसपछि उनले पुनः नेपाली नागरिकता पाएर भावनात्मक नारा लगाउँदै उपचुनावमा जित हासिल गरे। अहिले पनि उनी देशभरका आधा दर्जन भन्दा बढी अदालतमा सहकारी ठगी र सम्पत्ति शुद्धिकरण जस्ता गम्भीर मुद्दामा अनुसन्धान र मुद्दा खेपिरहेका छन्। धरौटी तिरेर र विगो बुझाएर थुनामुक्त भए पनि रविको राजनीतिक छवि विवादमुक्त भएको छैन।

सोमबार घरदैलोमा पुग्दा चितवनका मतदाताले उनलाई प्रत्यक्ष प्रश्न उठाए– ‘जेनजी आन्दोलनको क्रममा तपाईं जेलबाट निस्किनुभयो। त्यो बेला तपाईंले धेरै कैदीबन्दीहरूलाई पनि बाहिर निकाल्न नेतृत्व गर्नुभएको भन्ने चर्चा छ। सत्य कुरा के हो?’ यस प्रश्नले रविको नेतृत्व क्षमता, कानुनी मर्यादा र सामाजिक उत्तरदायित्वमा प्रत्यक्ष प्रश्न खडा गरेको छ।

जवाफमा रविले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको आयोगमा बयान दिइसकेको छन् र आयोगले आफुलाई दोषमुक्त गर्ने बताए। उनले थपे, ‘जेलमा बसेर मैले टिभीमा देखेँ, अध्यक्षले भने, रविले गरेको होइन। तर दोष मेरो टाउकोमा हालिएकोले बयान दिन गएँ। आयोगको रिपोर्ट आउँछ, तर मेरो दोष छैन।’

तर सवालको जवाफ अझै प्रष्ट भएको छैन। जेलबाट निस्कँदा रवि नेतृत्वकर्ता थिए कि राजनीतिक अवसरको लाभ उठाए भन्ने प्रश्न अझै विद्यमान छ। त्यसले कैदीबन्दीहरूको बहिर्गमन र आन्दोलनको परिणाममा के कस्तो प्रभाव प¥यो भन्ने विषय अस्पष्ट छ।

सामाजिक दृष्टिले पनि रविको कार्यशैली प्रश्नको घेरामा छ। उनको आधिकारिक बयानले मात्रै सत्यता प्रमाणित गर्न सक्दैन। मतदाताले अब केवल भावनात्मक अपील वा मीडिया व्यक्तित्व हेरेर निर्णय नगरी, नेतृत्वको नैतिकता, कानुनी विवेक, पारदर्शिता र प्रत्यक्ष प्रभावका आधारमा मूल्याङ्कन गर्ने तयारीमा छन्।

अन्ततः रवि लामिछानेको राजनीतिक यात्रा केवल लोकप्रियता र भावनात्मक नारा भरमा टिक्ने छैन। फागुन २१ पछि आउने मत परिणाम उनको नेतृत्व विश्वसनीयता, कानुनी मर्यादा पालन र समाजमा सिर्जित प्रभावको कठोर परीक्षण हुनेछ।

मतदाताको प्रश्न र आलोचनाले देखाइरहेको छ कि उनको टेलिभिजन शैलीको आक्रमकता र भावनात्मक अपीलले मात्र अब काम नगर्ने समय आएको छ। यस पटक, रवि लामिछानेले केवल चुनाव जित्ने कि आफ्नो वास्तविक नेतृत्व क्षमता प्रमाणित गर्ने, यो निर्णायक परीक्षा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट