अमेरिकामा एक नेपालीद्वारा श्रीमती र छोरीको हत्या, प्रहरीले गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु

काठमाडौँ– अमेरिकाको भर्जिनिया स्थित म्यान्टुवामा रहेको पर्सिमन सर्कलको ३९०० ब्लकमा बसोबास गर्ने नेपाली मूलका एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन्। ति ब्यक्तिले खुँडा प्रहार गरेर दुई जनाको हत्या गरेका हुन।

आक्रमणका क्रममा उनका ज्वाइँ गम्भीर घाइते भएका छन्। प्रहरीले ति व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाएर मार्नु परेको बताएको छ। फेयरफ्याक्स काउन्टी प्रहरी विभागका प्रमुख केभिन डेभिसका अनुसार घटना बिहान करिब ५ बजे सुरु भएको थियो।

घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले आक्रमणकारीलाई आफ्नी श्रीमती र सासूमाथि खुडाप्रहार गर्दै गरेको अवस्थामा भेटेका थिए। प्रहरीले पटक–पटक चेतावनी दिदा पनि उनले अटेर गरेपछि एक अधिकृतले गोली चलाएका थिए। गोली लागेपछि घटनास्थलमै उनको मृत्यु भएको थियो।

घटनाको क्रममा गम्भीर घाइते भएका ज्वाइँलाई तत्काल अस्पताल लगिएको छ र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा एक वर्षका बालक सकुशल भेटिएको छन्। प्रहरीले घटनास्थलबाट आक्रमणमा प्रयोग भएको खुँडा बरामद गरेको छ।

प्रहरीका अनुसार ज्वाइँ घरबाहिर रहेकै बेला घरभित्रबाट हल्ला सुनेर भित्र पसेका थिए। त्यस क्रममा आक्रमणकारीले आफ्नी श्रीमती र सासूमाथि आक्रमण गरिरहेका थिए। प्रहरी प्रमुख डेभिसले ५० वर्ष नाघेका व्यक्तिले आफ्नै परिवारमाथि गरेको यो नरसंहार कल्पनाभन्दा बाहिर भएको टिप्पणी गरेका छन्।

यस प्रकरणले स्थानीय नेपाली समुदायमा ठूलो त्रास र स्तब्धता सिर्जना गरेको छ। आक्रमकारी व्यक्ति नेपाली मूलका रहेको पुष्टि भए पनि उनका परिवारका सदस्य र बालकको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ र प्रभावित परिवारको घटनापछि सहायताका लागि सम्बद्ध निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट