कलाकार सागर लम्साल ‘बले’ विरुद्ध बलात्कारको आरोप लगाउने युवती को हुन ?

काठमाडौँ— सामाजिक सञ्जालमार्फत आफुमाथि बलात्कार भएको आरोप एक युवतीले आरोप लगाएपछि चर्चित कलाकार सागर लम्साल (बले) विवादको केन्द्रबिन्दुमा छन्। अमेरिका बस्ने एक युवतीले वर्षदिनअघि आफ्नो इच्छाविपरीत बलेले जबर्जस्ती सम्बन्ध राखिएको बताएकी छन्।

उनले बिहीबार फेसबुकमार्फत आफ्ना पीडा र मानसिक स्वास्थ्यमा आएको असर सार्वजनिक गर्दै घटनाको सत्यतथ्य उजागर गरेकी छिन्। ति युवती र बलेबीच पारिवारिक रूपमै चिनजान थियो। युवती उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन् र बले अमेरिका गएका बेला भेट भएको थियो।

नेपालमा नै मानसिक समस्या जस्तै एन्जाइटी र डिप्रेसनसंग जुध्दै आएकी युवतीले आफ्ना बुबाको सुझावमा बलेसँग भेट गरेकी थिइन्। उनले भनेकी छिन्–‘प्रारम्भमा भेट शान्ति र हौसला प्राप्त गर्ने उद्देश्यले भएको थियो, तर बलेले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनी मलाई कोठामा लगे।’ त्यहाँ पुगेपछि रुँदै पीडा सुनाइरहँदा बलात्कार गरेको आरोप उनले लगाइएकी छि।

युवतीको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ र धेरैले कमेन्टमार्फत बलेसँग प्रश्न गरेका छन्। अमेरिकी र नेपाली कानुनी विशेषज्ञ माजिद अन्सारीले पीडित युवतीलाई न्यायिक उपचारमा जान सुझाव दिएका छन्। बलेले अहिलेसम्म सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन्।

यो घटनाले बलेको व्यावहारिक र नैतिक छवि माथि प्रश्न उठाएको छ। उनी यसअघि पनि विवादमा परेका थिए। चलचित्र अभिनेत्री प्रिज्मा खतिवडाविरुद्ध सोसल मिडियामा भ्रम फैलाएको आरोपमा साइबर ब्युरोमा उजुरी परेको थियो।

बलात्कार आरोप सार्वजनिक भए लगत्तै बले चलचित्र ‘पाँच पाण्डव’बाट हटाइएका छन्। चलचित्र निर्माण टिमका अनुसार बसन्त निरौलाको निर्देशनमा बनिरहेको यस फिल्ममा बलेको मुख्य भूमिका ९० प्रतिशतसम्म छायांकन भइसकेको थियो। तर, नैतिकताका आधारमा उनलाई हटाएर पुनः अन्य कलाकारलाई ल्याएर दृश्यहरू रि–सुट गर्न लागिएको छ। चलचित्र प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार यस कदमले आर्थिक क्षति पुग्ने सम्भावना छ, तर पीडितको न्यायभन्दा ठूलो आर्थिक नोक्सानी महत्वहीन रहेको ठहर छ।

निर्माण पक्षले घटनाको सत्यतथ्य जाँचका लागि जोड दिएका छन् र पीडितले यथाशीघ्र न्याय पाउनु पर्नेमा जोड दिएका छन्। बले कानुनी प्रक्रियाबाट आफ्नो पक्ष राख्न सक्ने भए पनि नैतिक दृष्टिले विवादित भएको कारण उनलाई चलचित्रमा राख्नु उचित नरहेको निर्माण टिमको भनाइ छ।

पीडित युवती फिल्मकर्मी परिवारकै सदस्य र प्रतिभाशाली कलाकार भएकाले उनका बयानमा विश्वसनीयता रहेको धारणा निर्माण पक्ष र सहकर्मीहरूले राखेका छन्। यस घटनाले नेपाली चलचित्र क्षेत्रमा नैतिकता, कानुनी उपचार र सामाजिक जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट