उदयपुरमा सिटी सफारी दुर्घटना हुँदा ४ वर्षीय बालकको ज्यान गयो, बाबुसहित दुई घाइते

गाईघाट— मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिकास्थित जोगिटोलमा सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा चार वर्षीय बालकको ज्यान गएको छ भने बाबुसहित दुई जना घाइते भएका छन्।

नेपालटारबाट गाइघाटतर्फ आइरहेको कोशी प्रदेश ०५–००१ ह ०६८५ नम्बरको सिटी सफारी स्थित ओरालो घुम्ती सडकमा अचानक नियन्त्रण गुमाउँदै दुर्घटनामा परेको हो। दुर्घटनामा चालक त्रियुगा नगरपालिका–३ भुल्केका ३४ वर्षीय जयराम चौधरी, रौतामाई गाउँपालिका–७ मुर्कुचीका दीपक मग्राती र उनका चार वर्षीय सुरज मग्राती गम्भीर घाइते भएका थिए।

उनिहरुलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर अवस्था जटिल देखिएपछि बालकलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो। अस्पताल पु¥याउनासाथ चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।

चालक चौधरी र दीपकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। एसपी राजन चापागाईंका अनुसार तीव्र गतिका कारण ओरालो घुम्तीमा सवारी नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट