प्रहरीका घुमुवाले नै ब्यापारीको ३१ थान मोवाईल र २ लाख रुपैयाँ लुटेपछि…
जनकपुर– व्यापारीको साथबाट ३१ थान मोबाइल र दुई लाख रुपैयाँ लुटेको आरोप लागेका नेपाल प्रहरीका २ जना ‘घुमुवा’ लाई धनुषा जिल्ला अदालतले कारागारमा राख्न आदेश दिएको छ।
अदालतले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवलाई पूर्पक्षका लागि सिन्धुली कारागार चलान गरेको हो। उनीहरुले व्यापारीसँग मोबाइल खोसेर अपराधिक लाभ लिन खोजेको तथा व्यापारीलाई पक्राउ गरी शरीर बन्धक बनाएर राखेको आरोपमा जिल्ला अदालत धनुषा मुद्दा छ।
सोही मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको एकल इजलाशले दुवैजनालाई पूर्पक्षका लागि कारगार चलान गरेको हो। धनुषाको सिमावर्ती क्षेत्र नगराईन नगरपालिका– २ जटही भन्सार कार्यालय नजिकबाट गत ८ फागुनमा ब्यापारी सन्तोषकुमार महतोलाई विभिन्न कम्पनीको मोबाइलसहित नियन्त्रणमा लिइएको थियो।
नियन्त्रणमा लिएर मोबाइल र मानिस दुवै छाडिदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ माग गरी, रुपैयाँ समेत लिएर मोबाइल फिर्ता नदिइ झोलासहित मोबाइल र नगद लिएको गएको उनीहरु विरुद्ध दायर भएको आरोपपत्रमा उल्लेख छ।
मोवाईल र नगदसहितको झोला जनकपुरधाम उप–महानगरपालिका–७, को वडा कार्यालयस्थित अञ्जनी माई कुटीको उत्तरतर्फबाट पानी पोखरीको डिलमा बरामद भएको थियो। झोलामा ३१ थान मोबाइल र २ लाख रकम मध्ये ९५ हजार रुपैयाँ बरामद भएको थियो।
लोकप्रिय
सप्तरीमा प्रहरी जवानले परस्त्री जिस्क्याए, प्रतिवाद गर्दा महिलाका श्रीमानसहित परिवारका तीन जना पक्राउ
सप्तरीमा गाउँपालिका अध्यक्षको राजीनामा विवादः मदिराको नशामै अध्यक्षको पद गयो, उपाध्यक्षको हातमा लड्डु
ताजा अपडेट
सप्तरीमा प्रहरी जवानले परस्त्री जिस्क्याए, प्रतिवाद गर्दा महिलाका श्रीमानसहित परिवारका तीन जना पक्राउ

