जिप दुर्घटनामा ६ वर्षका बालकसहित २ जनाको मृत्यु, घाईते १३ मध्ये ३ जनाको अवस्था गम्भिर
काठमाडौं– पाल्पाको निस्दी गाउँपालिका–४, मतियारडाँडामा बुधबार जीप दुर्घटना हुँदा बालकसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते छन्।
नवलपुरको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजिव सुनारी र २० वर्षीय तेजन सोमैको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। अन्य १३ जना घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ।
घाइतेको नवलपरासीको अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
जेन–जी आन्दोलनमा वितण्डा मच्चाउने समूहका ‘कमाण्डर’ पूर्व सैनिक पक्राउ, सुरक्षा निकायको अनुशासनमा प्रश्न
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
