नेकपा एसको अध्यक्षमा माधवलाई सकस, घनश्यामलाई झलनाथको साथ

काठमाडौँ– नेकपा एकीकृत समाजवादीमा नेतृत्व (अध्यक्ष) का लागि माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षमा दाबी गरिरहेका सम्मानित नेता झलनाथ खनाल पछि हटेर भुसाललाई सहयोग गर्ने सहमति जनाएका छन्।

यसअघि अध्यक्षमा नेपालसहित खनाल र भुसालले दाबी गर्दै आएका थिए। जसको विचार उसैको नेतृत्व भन्दै आएका खनाल महाधिवेशनको सम्मुखमा आएर अध्यक्षको दाबीबाट पछि हटेका हुन्। खनालपछि हटेसँगै उनको साथ भुसालले पाउने भएका छन्।

बुधबार बिहान सम्मानित नेता खनालको निवासमा खनाल र भुसालबिच भएको छलफलमा खनालले भुसाललाई साथ दिने सहमति भएको हो। छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी थिए।

माधव नेपाल अध्यक्षमा दोहोरिने चाहाना राखिरहेका बेला नेपालपछि नहटे वा सहमति नजुटे अव नेपाल र भुसालबिच अध्यक्षमा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ। १५ असारमा १० राष्ट्रिय महाधिवेशन हुँदैछ।

एकीकृत समाजवादीको २२ सदस्यीय सचिवालयमा हाल २० नेताहरू छन्। जसमा खनाल भुसाल एकातिर उनीहरूको पक्षमा १० र माधव नेपालको पक्षमा १० जना हुने भएका छन्। नेपाल पक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, केशललाल श्रेष्ठ, बेदुराम भुसाल, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, राजेन्द्र राई र नागेन्द्र चौधरी छन्। यद्यपि झाँक्रीले आफू कतैपनि नखेलेको दाबी गर्ने गरेकी छन्।

खनाल भुसाल पक्षमा घनेन्द्र बस्नेत, धर्मनाथ प्रसाद साह, जयन्ती राई, प्रकाश ज्वाला, डा. विजय पौडेल, जीनवराम श्रेष्ठ, हरि पराजुलीलगायत छन्। गरिमा साह र भागवत विश्वासी अहिलेसम्म प्रस्ट खुलेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट