एनआरएनएको उपमहासचिवमा प्रवीण गुरूङको उम्मेदवारी घोषणा
गैर आवसीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि प्रवीण गुरूङले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । हाल उनी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव हुन।
वैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उद्देश्यले विश्वभर छरिएर रहेका नेपालीलाई कला, संस्कृति, खेलकुद लगायतका माध्यमबाट एकजुट गराउने उद्देश्यले आफूले उपमहासचिवमा उम्मेदवारी दिने उनले बताए ।
एनआरएनएको ११ औं विश्व सम्मेलन आगामी अक्टुबर १७ देखि २० सम्म आयोजना हुँदैछ । गुरूङले महाभूकम्प, प्राकृतिक प्रकोप, कोभिड महामारी लगायतका विपदका समयमा संघको नेतृत्व गर्दै वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्री वितरण लगायतमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
करिब आठ वर्ष भारतीय सेनामा रहेर सेवा गरेका गुरूङ कतारमा रहेर विभिन्न व्यवसायमा सक्रिय छन् । उनी सन् १९९७ मा भारतीय सेनामा भर्ती भएका थिए।