संघीयता बोझ बनेर खारेज हुन सक्छः झलनाथ खनाल

जनकपुर– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशमा संघीयताको प्रयोग असफल भए मुलुककै लागि बोझ हुने र खारेज हुनसक्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री खनालले जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुन सक्ने आशंका व्यक्त गरे।
संघीयताको भविष्यलाई लिएर अहिले निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आमजनता र मुलुकका लागि फलदायी बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।
‘देशको आवश्यकता होइन भने आफैँ भोलि तपाईं हामीले चाहे पनि नचाहे पनि त्यो समाप्त हुन्छ’, उनले थपे, ‘हामीले यसको विस्तारै समीक्षा गर्नुपर्छ। कतिपय कुरामा नयाँ ढंगले सोच्नुपर्छ भन्ने आइरहेको छ। यतिबेलै संघीयताबारे सोच्ने स्थिति भएको छैन।’
प्रतिक्रिया