कोशी प्रदेशमा आज को को बन्दैछन् मन्त्री ?

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमवार चार जना मन्त्रि थप्न लागेका छन्। सर्वोच्च अदालतको परमादेशबाट भदौ २२ गते दोस्रोपल्ट मुख्यमन्त्री भएका कार्कीले चार सदस्य थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

मुख्यमन्त्री कार्कीले सुनसरीका रामप्रसाद मेहता, धनकुटाका निरन राई, मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री बनाउने तयारी गरेका छन्।

उनी पहिलो पल्ट भदौ २२ गते मुख्यमन्त्री बन्दा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, झापाका एकराज कार्की र खोटाङका पाँचकर्ण राईलाई मन्त्री र भोजपुरकी सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए।

आज नियुक्त हुने चारमध्ये दुई जना मुख्यमन्त्री कार्कीको पहिलो मन्त्रिपरिषद्का सदस्य हुन भने राम्रसाद र निरन नयाँ अनुहार हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट