भारतमा इस्लामिक स्टेटका ४ आतंकबादी लुकेर बसेको खुलासा, सूचना दिनेलाई ३ लाख पुरस्कार

काठमाण्डौं– भारतमा ईस्लामिक स्टेट आइएसआईएसका ४ जना आतंकबादी लुकेर बसेको खुलासा भएपछि राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईले उनीहरुको वारेमा सूचना दिनेलाई ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
प्रहरीका अनुसार मोहम्मद शाहनवाज आलम उर्फ शफी, उज्जामा उर्फ अब्दुल्ला, रिजवान अब्दुल हाजी अली र अब्दुल्ला फयाज शेख नामका आतंककारी भारतमा लुकेर बसेका छन्।
आतंकबादीहरु लुकेर बसेको आंशकामा पुणे प्रहरी र एनआईए टोलीले मध्य दिल्ली क्षेत्रमा छापा मारेको छ। तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन्। प्रहरीले कुनै सुराग समेत फेला नपारेको जनाईएको छ।
गुप्तचर निकायहरु पनि उनीहरुको खोजीमा लागेका छन्। एनआईएले पञ्जाब हरियाणा, राजस्थान, उत्तर प्रदेश र उत्तराखण्डका धेरै ठाउँमा छापा मारेको छ। त्यस क्रममा ठूलो संख्यामा पेस्तोल, गोली र अन्य शंकास्पद वस्तुहरू फेला परेपनि उनीहरु फेला परेका छैनन्।
एनआईएले आईएसआईएस पुणे मोड्युल मामिलामा ७ जनालाई पक्राउ गरेको छ।