दसैंको टिकाको साईत कात्तिक ७ गते मंगलवार ११ः२ बजे उत्तम

काठमाडौं– यस वर्ष दशैंको टिकाको साईत कात्तिक ७ गते मंगलबार बिहान ११ः२ बजे परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दसैँका विभिन्न साइत सार्वजनिक गर्दै यसको जानकारी दिएको हो।

असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापना, २९ गते सोमबार झण्डा फेर्ने साइत १०ः१९ बजे रहेको छ । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा र कात्तिक ४ गते मङ्गलबार फूलपाती परेको छ ।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ९ः २४ वजे रहेको जनाईको छ।

कार्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ ।

कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरिने साइत छ ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ९ः०२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १०ः३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ ।

कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट