घरमा एक्लै बस्ने महिलाको कस्ले गर्यो हत्या ?

वीरगन्ज – वीरगन्ज महानगरपालिका–१ बजार छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको हत्या भएको हो। उनको आफ्नै घरमा हत्या भएको हो।

शुक्रबार बिहान टाउकोमा गम्भिर चोट लागेर घाईते अवस्थामा फेला परेकी उनलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि नेशनल मेडिकल कलेजमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका उनुसार उनको टाउकोमा घरेलु हतियारले हानेको चोट देखिएको छ। मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्याको यकिन कारण खुल्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पुनमदेवीको हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन। उनी घरमा ऐक्लै बस्दै आएकी थिइन्। पति गगनदेव रोजगारीका लागि भारतमा र छोरा पनि अध्ययनको लागि भारतकै दिल्लीमा रहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट