टिकटकर आयुषसिंह र एलिजेलाई ‘इन्गेजमेन्ट’का लागि ओलीले दिए बधाई

काठमाडौं– नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजे जमाली (एलिजे) लाई ‘इन्गेजमेन्ट’ (टीकाटालो) गरेकामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्।

टिकटक लाइभमा जोडिएर प्रेममा परेका आयुष र जमालीबीच गत शुक्रबार मात्रै दुबईमा इन्गेजमेन्ट भएको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यसरी मायालाई जात, धर्म, देशको सीमा पर्खालले पनि रोक्न नसक्ने उल्लेख गर्दै यसले मानवबीच एकता र समानताको सन्देश दिने धारणा व्यक्त गरेका छन्।

‘नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमा आफ्ना आमाबाबुलाई साक्षी राखेर आआफ्नो संस्कृतिअनुसार इन्गेजमेन्ट (टीकाटालो) गरे’, ओलीले उनीहरूको तस्बिरसहित सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ। यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन, समानता खोज्न सिकाउँछ। उनीहरूलाई बधाई छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट

Seçilmiş Olun Bahis Dünyasında Most Bet ilə