जेन–जी प्रदर्शनको विध्वंशमा आरोपित गर्दै उजुरीपछि हिमेशको हाँसो रोकियोः कमेडी यात्रामा फुलस्टप

काठमाडौँ — नेपाली स्ट्यान्डअप कमेडी क्षेत्रका लोकप्रिय कलाकार हिमेश पन्तले अचानक आफ्नो कमेडी यात्रा र सार्वजनिक प्रस्तुतिमा पूर्णविराम लगाएका छन्। उनले आफु विरुद्ध प्रहरीमा उजुरी परेको कारण देखाउँदै यस्तो निर्णय गरेको जानकारी दिएका छन्।

हिमेशले सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै लेखेका छन्,–‘आजबाट मेरो कमेडीको यात्रा यही समाप्त भएको घोषणा गर्दछु।’ भदौ २४ गतेको घटनालाई लिएर पन्तसहित काठमाडौंका मेयर बालेन साह, हामी नेपालका संस्थापक सुदन गुरुङ, कन्टेन्ट क्रियटर, कलाकार तथा युट्युवरसहितविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।

राज्यविरुद्धको कसुर, आतंकवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुरलगायतमा आरोपित गर्दै अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका हुन्।

जेन–जी आन्दोलनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काएको र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएको जाहेरीमा उल्लेख गरिएको छ। उनीहरूले कलाकारहरू संजोग कोइराला, निश्चल बस्नेत, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युवर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, भोजराज थापा, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाललगायतलाई पनि विपक्षी बनाएका छन्।

यस्तै, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, केपी खनाल, रिमा विश्वकर्मा, टिकटकर मनोज के.सी., युजन राजभण्डारी, रामकुमार खड्कालगायतमाथि कारबाही माग गर्दै किटानी जाहेरी दिईएको छ। जाहेरीसँगै प्रमाणका रूपमा आरोपितहरूले विभिन्न स्थानमा जलाउन, तोडफोड गर्न लगाएको भन्दै विभिन्न सञ्चारमाध्यमबाट संकलित फोटो तथा भिडिओहरू प्रमाणका रूपमा प्रहरीमा पेस गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट