प्रचण्डको श्रृंखलाबद्ध धोकाबाट पनि नचेतेका बाबुरामलाई न्याउरी मारी पछुतो

राजविराज– भूमिगतकालदेखि नै सुप्रिम कमाण्डरको आँखाको कसिंगर बन्दै आएका तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराईले पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ठुलो गुन लगाए।

चुनाव हार्ने सम्भावना हुँदै जाँदा निर्वाचन फेर्दै हिडेका दाहाललाई पछिल्लो पटक चितवनमा पनि चुनाव जित्न सकस देखिएपछि बाबुरामले नै उनलाई वैतर्णी पार गराए। राष्ट्रपति, नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष लगायतका आश्वासनमा पारेर दाहालले भट्टराईलाई ‘घरको न घाटको’ बनाए।

तर दाहालले आफनो प्रतिवद्धता पुरा नगर्दा बाबुरामलाई यतीबेला ‘न्याउरी मारी पछुतो’ जस्तै भएको छ। पछिल्लो पटक त दाहालले भट्टराईलाई अपमान मात्र गरेनन् आफनै पार्टीमा उनलाई हैसियत विनाको नेताका रुपमा पुष्टि गर्न खोजे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र महासचिव देवप्रसाद गुरुङले हस्ताक्षर गरेर पत्र लेख्दै नेपाल समाजवादी पार्टीलाई पार्टी एकताका लागि आह्वान गरे। जसमा भट्टराईलाई वाईपास गरी दोस्रो अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गरिएको छ।

यो पत्रपछि दाहालले नेपाल समाजवादीलाई फुटाउन खोजेको आरोप लागेको छ। दाहाले बाबुरामलाई धोका दिने रणनीति बनाएको राजनीतिक विश्लेषकहरु बताउँछन्। यद्यपी दाहाल र भट्टराईको सम्वन्धमा दरार देखिएको यो पहिलो घट्ना भने होईन।

चार दशकको राजनीतिक यात्रामा उनीहरुबीच कहिले ‘दुई जिउ, एउटै घाँटी’ जस्तो त कहिले बोलचाल बन्दसम्मको अवस्था देखिएको छ। ०४८ सालको सुरुसम्म तत्कालीन मोटो मशालको नेतृत्वमा रहेका दाहाल र पातलो मसालमा रहेका बाबुरामले पार्टीले एकता महाधिवेशन गरे ।

एकता महाधिवेशनले जनमोर्चा बनायो । त्यसका अध्यक्ष बाबुरामको प्रभाव दाहालभन्दा धेरै थियो । त्यसैले उनले बाबुरामलाई हटाएर पम्फा भुसाललाई अध्यक्ष बनाए। पम्फाले काम गर्न नसकेपछि पुनः बाबुराम नै अध्यक्ष भए। दाहाल र भट्टराईको खटपट यहीबाट सुरु भयो।

०५२ सालमा माओवादीले सशस्त्र युद्ध शुरु गर्नुपूर्व माघ २१ गते बाबुराम भट्टराईकै नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग राखेको थियो । त्यसपछि माओवादीले भनेको ‘जनयुद्ध’को सुरुवात कहाँबाट गर्ने कुरामै उनीहरुबीच मदभेद देखियो। सहमति नभएपछि गोरखा, सिन्धुली र रोल्पाबाट एकसाथ सशस्त्र द्वन्द्व सुरु भयो ।

आफु छायाँमा र बाबुराम चर्चाको शिखरमा देखेका दाहालले आफ्नो फोटो सार्वजनिक गरे र माओवादीको मुख्य कमाण्डर आफु रहेको प्रचार गराए। दाहालको निर्देशनमा ०६१ माघमा लिवाङ बैठकले बाबुरामलाई कारवाही गर्यो र माओवादी सेनाको नियन्त्रणमा राखियो ।

०६२ साउनमा बाबुरामले पुरानै जिम्मेवारी पाए। चुनवाङ बैठकपछि दुवैको सम्बन्ध एकदम घनिष्ठ बन्यो । भट्टराईकै कारण भारतमा तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे सफल भयो । २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि दाहाल नेतृत्वमा सरकार बन्यो । अर्थमन्त्रीका रुपमा भट्टराईले सरकारलाई सफल वनाए।

०७२ असोज ३ गते संविधान जारी भएपछि भट्टराईले पार्टी र संविधानसभा सदस्य पद त्यागेर ०७३ मा नयाँ शक्ति पार्टी स्थापना गरे। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट ०४२ मै विद्याबारिधि गरेका बाबुरामको बौद्धिक छबि त्यहीबाट पतनको वाटोमा देखियो। भट्टराईले ०७६ मा उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गरे। ०७९ मा नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराई ०७९ मा पार्टी एकीकरण गरेर माओवादीमै फर्कन सहमत भए।

दाहाललाई भट्टराईले आफ्नै पूरानो निर्वाचन क्षेत्र गोरखा–२ मा बोकेर लगेर चुनाव जिताए। तर, दाहालको ‘खोलो तर्यो लौरो विर्सियो’ भनेझै उपेन्द्र यादवलाई देखाउँदै बाबुरामलाई समाजवादी मोर्चामा समेत छेके।

माओवादीलाई शक्तिशाली बनाउने नाममा चुनाव चिन्ह र चुनाव क्षेत्र नै त्याग गरेका भट्टराईलाई तह लगाउन अहिले माओवादीले महिन्द्र राय यादवलाई पत्र पठाइदियो । यी घटनाक्रमले भट्टराई अहिले पछुतो मनाईरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट