जुत्ताको पोलिस र मट्टीतेल मिसाएर बनाईएको थियो प्रसाईलाई दलिएको मोसो

काठमाडौं– मेडिकल माफियाका नाममा चिनेने दुर्गा प्रसाईलाई युवासंघका कार्यकर्ताले जुत्तामा लगाउने पोलिस र मट्टितेल मिसाएर बनाइएको मोसो दलेको खुलेको छ। मोसो दलेपछि युवाहरुको समूहले दुर्गा प्रसाईं मूर्दावाद, महेश बस्नेत जिन्दावाद, युवा संघ जिन्दावाद भन्दै नारा लगाएका थिए।

प्रसाईलाई मोसो दलेपछि नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई युवा संघको तागत ननाप्न चेतावनी पनि दिएका छन् ।

उनले राजधानीमा प्रसाईलाइई मोसो दलेको समाचारपछि प्रसाईंलाई सुध्रिन र अरुलाई दोष नलगाउन सुझाव दिएका हुन् ।

बस्नेतले लेखेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौति दिने, विभिन्न समुदायलाई देशबाट निकाल्छु, कालोमोसो दल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरुले आज तह लगाएछन् । यस्तालाई सरकारले कारबाही गरोस् । जनप्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाईं ।’

उनलाई युवा संघकै एउटा समूहले कान्तिपथस्थित होटल एल्लो प्यागोडामा कालोमोसो दलेको थियो । त्यहाँ आयोजित पत्रकार सम्मेलनको क्रममा उनलाई कालोमोसो दलिएको हो ।

राजनीतिक रुपमा उग्र विचार राख्दै आएका प्रसाईंले एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाको कर्जा चुक्ता नगर्न सर्वसाधारणलाई उक्साउँदै आएका छन् । उनी गत वर्षको आमनिर्वाचन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीका अन्धभक्त थिए । चुनावमा टिकट नपाएपछि बाउँठिएर राजावादी आन्दोलनमा सहभागी भएका हुन् ।

विगतमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित निवासमा जुम्लाको मार्सी चामलको भात खुवाएपछि उनी मार्सी नामले पनि प्रख्यात भए । सोही घरमा प्रसाईंले आज बिहान साढे ८ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट