रौटहटका मेयरले सिंहदरबारमै प्रभु साहका कार्यकर्ताको घाँटी न्याँकेपछि…

काठमाडौं– रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशले सिंहदरबारभित्रै प्रभु साह नेतृत्वको आम जनता पार्टीका कार्यकर्ता दीपककुमार दुबेको घाँटी न्याँकेका छन्।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवाका विषयमा विवाद हुँदा अजयले दुबेको घाँटी न्याकेको प्रत्यक्षदर्शीले वताए। उनीहरुबीच सुरु भएको विवाद कुटाकुटसम्म पुगेको प्रत्यक्षदर्शीको भनाई छ।

सोमवार मेयरले आफु अनुकूल प्रशासकीय अधिकृत लैजान सामान्य प्रशासन मन्त्रालयको महाशाखाका सहसचिव सुमन दाहालसँग छलफल गरेपछि प्रतिवादमा उत्रिएका दुवेलाई सहसचिवकै कोठाभित्र अजयले घाँटी अँठ्याएको प्रत्यक्षदर्शीले बताए।

नेपाली काँग्रेसबाट निर्वाचित मेयरले नगरपालिकामा कार्यरत पाँचौं तहका कविर देवानलाई निमित्तको रुपमा लैजान चाहेका थिए । तर, दीपकले सोही पालिकामा अरु नै वरिष्ठ रहेको हुँदा देवानलाई निमित्त दिनुहुन्न भन्ने विषयमा अडान लिए । त्यसपछि शुरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहिर दुवै पक्षबीच भनाभन भएको थियो ।

भनाभन कुटाकुटमा परिवर्तन भएपछि मेयरले दीपकको घाँटी न्याकेको जनाईएको छ। उनीहरुलाई त्यहाँ रहेका अन्य व्यक्तिले छुट्याएका थिए । त्यसपछि कांग्रेस संसदीय दलको चमेनागृहमा फेरि उनीहरुबीच भनाभन र हात हालाहाल भएपछि सिंहदरबारभित्रको प्रहरी सुरक्षा गणको टोलीले नियन्त्रणमा लिएको थियो।

दुबेले सिंहदरबारभित्रै आफनो ज्यान मार्ने प्रयास भएको आरोप लगाएका छन्। नगरपालिकाका कर्मचारी सुरेन्द्र यादव र कबिर देवानले आफुलाई समातेको र मेयरले ज्यान मार्ने प्रयास गरेको उनको आरोप छ।

मेयरले भने असम्बन्धित व्यक्तिले आफनो काममा अवरोध गरेको आरोप लगाएका छन्। अनावस्यक रुपमा विवाद गर्न आएपछि हालाहाल भएको उनले वताए। दुवे प्रभु साहको पार्टीका स्थानीय नेता हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट