ट्रकको आडमा किशोरीको सामुहिक बलात्कार, चालक/सहचालकसहित ३ जना पक्राउ

विराटनगर– विराटनगरमा गएराति एक २० वर्षीया किशोरीलाई सवारी साधनमा काम गर्ने चालक र सहचालकले सामुहिक बलात्कार गरेका छन्। घट्नामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय किशोर अर्को ट्रकका सहचालक रहेको मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
उनीहरुले गएराति विराटनगर महानगरपालिका–३ मा ती किशोरीलाई फकाएर ट्रक पार्किङ गरेको स्थानमा पु¥याएका थिए। एकान्तर र चकमन्न भएपछि उनीहरुले किशोरीलाई बलात्कार गरेको खुलेको डीएसपी दाहालले बताए।
बलात्कारको क्रममा पीडित युवती चिच्याएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरीले उनीहरुलाई घटनास्थलबाटै पक्राउ गरेको हो। अदालतबाट म्याद थप गरेर आरोपीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।