शेखर कोईरालालाई प्रधानमन्त्री बनाएर ओलीले यसरी ढाल्दैछन् गठवन्धनको सत्ता

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आइतबार एक कार्यक्रममा प्रचण्ड सरकारको आयु दुई महिना तोकिदिए। उनका अनुसार अहिलेको गठबन्धन सरकार मंसिरसम्ममा विदा हुँदैछ।

‘मैले विभिन्न सूचना र तथ्यका आधारमा भन्दै छु– चाडबाड मनाइसकेर प्रचण्डको सरकार बिदा हुनेवाला छ ।’– उनले भनेका थिए। आइतबार नै एमालेका पोलिट्ब्युरो सदस्य गोकुल बाँस्कोटाले पनि ‘कोशीले गठबन्धनको जग हल्लाइसकेको छ, अब ढल्न मात्रै बाँकी हो ।’ भन्दै प्रतिक्रिया दिए।

यसरी एमाले नेताहरूले एकाध महिनामै सरकार ढल्ने दाबी गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल भने गठवन्धन भत्काउने प्रयास असफल पारिएको दावी गरिरहेका छन्। मूलतः कोशी प्रदेश सरकार गठनमा भएको ‘राजनीतिक खिचातानी’ले केन्द्रीय सत्ताको जग खस्किएको छ।

नेपाली कांग्रेसमा ‘गैरदेउवा पक्ष’लाई निरन्तर पेल्ने अनि पेलिएकाहरूले विद्रोहको धम्की दिने कुरा नौलो थिएन । तर, यसपालि कोशीमा ‘एन्टी–देउवा’ पक्षले विद्रोहको आँट ग¥यो । परिणामतः कांग्रेसको विद्रोही पक्ष र एमाले मिलेर सरकार बन्यो ।

त्यसपछि शेखर र एमालेबीच घनिभूत छलफल भइरहेको छ। कोशी कांग्रेसमा आएको विद्रोहले अरु प्रदेशसँगै केन्द्रमा पनि असर गर्ने देखिएको छ। त्यसैले, प्रतिपक्षी दलका नेता सरकार ढल्ने ग्यारेन्टी गरिरहेका छन्, प्रधानमन्त्री आफू नढल्ने दाबी गरिरहेका छन् ।

यदि, विद्रोही कांग्रेस र एमाले मिल्ने हो भने अरु प्रदेशसँगै संघीय सरकार पनि ढल्न सक्ने देखिएको छ । जसरी पनि गठबन्धन भत्काउने रणनीति अपनाएको एमालेले शेखर कोइरालालाई नै प्रधानमन्त्रीमा समर्थन गर्ने सम्भावना प्रबल छ । अहिले कोशीले पनि यही संकेत देखाएको छ।

संघीय संसदमा नेपाली कांग्रेसका ८९, एमालेका ७७, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२ र नेकपा एसका १० सांसद छन् भने अरु विभिन्न दलका २० सांसद छन् । कांग्रेसका कुल ८९ सांसदमध्ये संसदीय दलको नेताका लागि भएको चुनावमा गगन थापाले २५ मत ल्याएका थिए ।

अहिले त्यो संख्या बढेर ३० जना शेखर पक्षमा रहेको बताईन्छ। तर, कांग्रेसका २५ जना सांसदले मात्रै विद्रोह गरे भने पनि अहिलेको सरकार ढलेर नयाँ बन्न सक्छ । एमालेका ७७, विद्रोही कांग्रेसका २५, रास्वपाको २०, राप्रपाको १४ जना सांसद जोड्दा १३६ जना हुन्छन् । यसो हुँदा उक्त गठबन्धनलाई बहुमत पु¥याउन २ जना सांसद मात्रै अपुग हुन्छ । त्यसका लागि कुनै पनि एउटा सानो दललाई हात लिँदा नयाँ सरकार बन्न सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट