धनकुटामा ग्याष्ट्रिकको उपचारका लागि भर्ना भएकी महिलाको मृत्यु, पोलिक्लिनिकमा तोडफोड

धनकुटा — पेट दुखेर भर्ना भएकी एक महिलाको मृत्यु भएपछि धनकुटाको हिले बजारस्थित उज्यालो सामुदायिक पोलिक्लिनिकमा तोडफोड भएको छ। उपचारका लापरबाही गरेकाले विरामीको मृत्यु भएको भन्दै मंगलबार क्लिनिकमा तोडफोड गरिएको हो।

पेट दुखेर आएकी सहिदभूमि गाउँपालिका–६ भरिबन्डेकी ५३ वर्षीया विष्णुकुमारी राईको मृत्यु उपचारकै क्रममा मृत्यु भएको थियो। त्यसपछि आक्रोशित समूहले पोलिक्लिनिकको भवनमा ढुंगामुडा गरेको थियो। भवनमा सामान्य क्षति पुगेको छ।

ग्यास्टिकको उपचारका लागि पुगेकी राईलाई स्वास्थ्य परीक्षण गरी इन्जेक्सन लगाएपछि उनको मृत्यु भएको आफन्तले बताएका छन् । अस्पताल पुग्दा सामान्य अवस्थामा रहेकी बिरामीको इन्जेक्सन लगाएको करिब १० मिनेटपछि मृत्यु भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए ।

‘इन्जेक्सन लगाएपछि अस्पतालबाट पैदल हिँडेर स्थानीय गुम्बा नजिक पुनु भएको थियो। त्यहाँ बेहोस भएपछि पुनः उपचारका लागि पोलिक्लिनिक पु-याइयो’ राईले भने–‘तर, केही क्षणमा बिरामीको मृत्यु भयो।’

उपचारमा लापरबाहीका कारण मृत्यु भएको मृतकका आफन्तको आरोप छ। उनीहरुले घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै पोलिक्लिनिक अगाडि लास राखेर विरोध प्रदर्शन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट