भलिवल टीमका कप्तानले नै आत्महत्या गरेपछि…
काठमाडौं– धादिङको भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठले गएराती घर नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका छन्।
मनोजले एक दिनअघि मात्रै नलाङ खिर्रेमा जारी ‘तमु युवा समाज खुल्ला पुरूष भलिबल प्रतियोगिता’ खेलेका थिए । खेल सकेर टीमसहित सलाङ बस्न गएका उनी विहान नजिकै जंगलमा मृत फेला परेको जनाईएको छ।
भलिवलका दर्जनौं प्रतियोगितामा भाग लिईसकेका मनोज धादिङमा लोकप्रिय खेलाडीका रुपमा चिनिन्छन् ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङले मनोजको मृत्यु भएको पुष्टि गरेका छन्। उनले सामाजिक संञ्जालमा खेलेका छन्, ‘आज धादिङ भलिबल क्षेत्रको कालो दिन । प्रतिभाशाली, उदाउँदो खेलाडी गुमायौं । तिमीले गलत निर्णय गर्यौ मनोज भाइ । हार्दिक श्रद्धाञ्जली । अलबिदा ।’
प्रतिक्रिया