पाकिस्तानका क्रिकेटर हैदर अली बेलायतमा पक्राउ, पीसीबीले गर्यो निलम्बन

राजधानी— बेलायतको ग्रेटर म्यानचेस्टर प्रहरीले पाकिस्तानका राष्ट्रिय टोलीका ब्याट्सम्यान हैदर अलीलाई पक्राउ गरेको छ। एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका उनलाई अनुसन्धान जारी रहँदासम्म बेलायत छोड्न नपाउने शर्तमा जमानत दिइएको छ।

प्रहरीका अनुसार हैदर अलीविरुद्धको मुद्दा पाकिस्तान ‘शाहिन्स’को हालैको इंग्ल्यान्ड भ्रमणका क्रममा भएको घटनासँग सम्बन्धित छ। अनुसन्धान सकिएपछि मात्र कानुनी निष्कर्ष आउने जनाइएको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बिहीबार राति विज्ञप्ति जारी गर्दै हैदर अलीलाई तत्काल प्रभावबाट निलम्बन गर्ने घोषणा गरेको छ। पीसीबीले बेलायतको कानुनी प्रक्रियाप्रति सम्मान जनाउँदै उनलाई कानुनी सहयोग प्रदान गरिरहेको जनाएको छ।

हैदर अलीले सन् २०२० मा पाकिस्तान राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। त्यसयता उनले ३५ टी–२० अन्तर्राष्ट्रिय र २ एकदिवसीय खेलमा पाकिस्तानको प्रतिनिधित्व गरिसकेका छन्।

उनको पक्राउको खबर सार्वजनिक भएपछि पाकिस्तानी क्रिकेटका प्रशंसकहरूले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट