अस्ट्रेलियामा रक्सीले मातेका सुगम पोखरेलले स्टेजबाटै दर्शकलाई हाने माईकको झट्टी

काठमाडौं– अस्ट्रेलियाको एडलेडमा आयोजित एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेपछि चर्चित गायक सुगम पोखरेल अहिले थप चर्चित भएका छन्। ले का छन् ।

उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो हेर्दा सुगम नसामा मातेको देखिन्छ । उनले स्टेजबाट एक पटक झिल्के भन्न अनुरोध गर्छन् । त्यसपछि उनले त्यहाँ पहिलोपटक आएको कुरा गर्छन् र नेपाल भन्छन् ।

त्यसलगत्तै नेपालमा भूकम्प गएको र भूकम्पमा परेर मृत्यु हुनेको संख्या भन्छन् । त्यसपछि मृत्यु हुनेका लागि मौन धारण गर्न पटक पटक अनुरोध गर्छन् । मौन धारणमा दर्शकले खासै चासो नदिएपछि उनले स्टेजबाट ओर्लिएर एक दर्शकलाई तारगेट गर्दै माइक्रोफोनले झटारो हानेको देख्न सकिन्छ ।

उनको त्यो क्रियाकलापमा सुरक्षा गार्डले अवरोध गरेर पुनः स्टेजमा फर्काएको देख्न सकिन्छ । स्टेज फर्केपछि उनले पुनः स्टेजबाट केही टिपेर दर्शकलाई हानेको देख्न सकिन्छ ।

त्यसपछि उनको आलोचना भइरहेका छ। घट्नापछि उनले एउटा भिडियो पोष्ट गर्दै आफ्नो हर्कतको बचाउ गर्न खोजेका छन् । उनले ‘एक्सनको रियाक्सन’ गरेको बताएका छन् ।

उनले ‘नेपाली समाज संवेदनाहिन बनेको’ टिप्पणी गरेका छन् । भिडिओमा उनले भनेका छन्, ‘के हाम्रो नेपाली समाज यति संवेदनाहिन भएको हो र ? सन्दर्भ, अहिले हल्का भाइरल भइराखेको रहेछु म, (दारी मुसारेर मुस्काउँदै) हिजो एडिलेडको कार्यक्रमबाट ।’

उनले नेपालमा भूकम्पबाट मृत्यू भएकाहरूप्रति मौनधारण गर्न भन्दा दर्शकले नमानेको आशय व्यक्त गरेका छन्। ‘अहिले देशलाई दुखिरहेको छ खासमा । देशलाई दुख्दा मलाई पनि दुख्छ, म नेपाली कलाकार, तपाईंहरूले गर्दा म भाछु । हिजोको कार्यक्रममा मौनधामरण गर्दा.. यू क्यान सी इन द भिडिओ‘ देख्न सक्नुहुन्छ । मेरो एक्सनको रियाक्सन त्यसकै कारणले मात्रै थियो । कसैको मनलाई दुखाएँ भने क्षमा चाहन्छु तर नेपाली संगीतको सेवा गर्नेछु ।’

रक्सीले मातेर स्टेजमा गएको र दर्शकलाई माइकले झट्टी हानेको विषयमा भने उनले कुनै प्रतिकृया दिएका दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट