जनकपुर–जयनगर रेलमार्गमा रेलले किचेर एक जनाको मृत्यु

जनकपुर– धनुषाको विदेह नगरपालिकामा रेलले किचेर एक जनाको मृत्यु भएको छ। जनकपुर–जयनगर रेलमार्गमा किचिएर करिव ५० वर्षिय पुरुषको मृत्यु भएको हो।

विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक लिकमै किचिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए ।

आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको रेलले उनलाई किचेको हो। मृतकको सनाखत भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट