छठ पछि नै प्रचण्ड सरकार ढाल्न ओलीको सकृयता, उपेन्द्र यादवलाई प्रधानमन्त्रीको प्रश्ताव

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्न नेकपा एमालेले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री बन्न प्रश्ताव गरेको खुलेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको यो अस्त्र काम लागे यादव मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो ब्यक्ति हुनेछन्। पछिल्लो समय ओली र जसपा अध्यक्ष यादवबिच भेटघाट पनि बाक्लिएको छ । तर, भेटघाटलाई गोप्य राखिएको छ। जसपाका एक उच्च तहका नेताले ओलीले उपेन्द्रलाई प्रधानमन्त्रीको अफर गरेको दाबी गरे।

छठ लगत्तै सत्ता समीकरण फेरबदल गर्ने गरी एमालेका दोस्रो तहका नेताहरूले यादवसमक्ष छलफल गरिरहेको स्रोतको दावी छ। एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ लगायतका नेता यादवसँग छलफलमा सक्रिय रहेको बुझिएको छ ।

गत १० पुस मा एमाले–माओवादीको सत्ता समीकरणमा दाहालको नेतृत्वको सरकार बनेको थियो। ११ फागुनमै दाहाल एमालेसँगको पूर्वसहमति तोडेर कांग्रेससहित ८ दलको समर्थनमा प्रधानमन्त्री बनेपछि ओलीले सरकार ढाल्ने कसरत गरिरहेका छन्।

त्यसैले सत्ता समीकरण फेरबदलका लागि निर्णायक शक्ति मानिएको जसपाका अध्यक्ष यादवलाई फकाउन ओली लागेका हुन। बालकोटमा भएको गोप्य भेटमा सत्ता समीकरण तोडेमा यादवलाई प्रधानमन्त्री बनाउन एमालेले सहयोग गर्ने प्रस्ताव आएको जसपा स्रोत बताउँछ।

‘१० सिट भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउन हुने, १२ सिट भएको तपाईँलाई प्रधानमन्त्री बनाउन किन नहुने’ भन्दै ओलीले फकाउन थालेको वताईएको छ।

यादवले ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिएको र उपयुक्त समयमा जवाफ दिने बताएका थिए। यादव पनि गौर हत्याकाण्डका कारण प्रधानमन्त्री दाहालसँग रुष्ट छन्। साउन २३ गते गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबिच पाँच बुँदे सम्झौता भएपछि उनी झस्किएका छन्।

७ चैत ०६३ मा रौतहटको गौरमा तत्कालीन माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो। उक्त घटनाको मुख्य अभियुक्त यादवलाई ठह¥याइएको छ। गृहमन्त्रालयसँग भएको सहमतिको पहिलो बुँदामै उक्त घटनाको विषयमा तत् समयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख छ।

यद्यपी सरकार ढल्ने अवस्था आएपछि प्रधानमन्त्री दाहालले उक्त फाईललाई थन्क्याएका छन्। तर, सोही सहमतिबाट बिच्किएका यादवले ओलीसँग सम्बन्ध अगाडि बढाउन खोजिरहेका छन्। आफूलाई फसाउन जुनसुकै बेला सरकारले फाइल अगाडि बढाउन सक्ने चिन्ता उनलाई छ। त्यसैले ओलीको प्रश्तावमा उनी सकारात्म देखिएको नेताहरु बताउँछन्।

जसपाका प्रवक्ता मनिष सुमनले पनि प्रतिपक्षी दलका नेता ओली र अध्यक्ष यादवबिच भेटवार्ता हुनु सकारात्मक भएको बताए। यता, ओलीले उपेन्द्रलाई मनाई हाले पनि वैकल्पिक सरकार बनि हाल्ने सहज अवस्था भने छैन। पछिल्लो समय रास्वपा र राप्रपासमेत ओलीसँग चिढिएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ। अहिले संसदमा एमालेको ७८, रास्वपाको २ र राप्रपाको १४ सिट छ। तीनै दल एक ठाउँमा उभिएमा जम्मा ११३ सिट पुग्छ।

यो गठवन्धनसँग बहुमतका लागि अझै २५ सिटको अभाव हुन्छ। त्यसका लागि जसपाको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४, नेमकिपा र राजमोको एक÷एक र स्वतन्त्र सांसदको समेत मत आवश्यक पर्छ।

यो तालमेल मिलाउन ओली र यादवलाई निकै समस पर्ने जानकारहरु बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट