यि हुन भारतले विश्वकप हार्नुका १० कारण

राजविराज– अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएर विश्व कप २०२३ को उपाधि जितेको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टिमले २४० रनमा समेटियो। जवाफमाअस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाई लक्ष्य हासिल गर्यो।

टीम इन्डिया जुन बलरको दममा फाइनलसम्म पुग्यो, तिनै वलर फाईनलमा कमजोर सावित भए। बलर मात्र नभई ब्याट्म्यान पनि फ्लप भए। भारतीय बलरले बलरले जसरी पुरै विश्व कपभरी आफ्नो कमालका कारण अन्य टीमलाई हैरान पारेका थिए, फाईनलको सुरुवाती चरणमा पनि देखियो। तर १५ ओभरपछि अस्ट्रेलियाली ब्याट्समेन पुरै जमेर खेल्न थाले। ट्रेविस हेडले शानदार शतक र मार्नस लाबुशेनले अर्धशतक बनाए। उनीहरुले भारतीय बलरलाई पुरै कमजोर वनाई दिए।

यस वाहेक भारतको हारका १० कारण
शुभमन, श्रेयस रसूर्यकुमारको खराब प्रदर्शनः जब भारतीय टीम ब्याटिङका लागि उत्रियो, शुभमन गिलले खराब शट खेलेर आफनो विकेट फाले। श्रेयस अय्यरले कट लगाउनले चक्करमा विकेटकीपरलाई क्याच दिए। सूर्यकुमारसँग काफी ओवर बाँकी थियो, तर केही गर्न सक्नन्। उनी मात्र १८ रन बनाए पेवेलियन फर्किए।

अस्ट्रेलियाको गजवको फिल्डिङः फाइनलको पहिला अस्ट्रेलियाको ब्याटिङ होस वा फिल्डिङ खासै प्रसंशा गर्न योग्य थिएन। यद्यपी, फाइनलमा उनीहरुले गजबको फिल्डिङ गरे। उनीहरुले धेरै चौका वचाए र भारतीय खेलाडीलाई एक रन लिन पनि धुरमुर बनाए। यस्तो लागिरहेको थियो की, मैदानमा १५÷२० जना खेलाडी फिल्डिङ गरिरहेका छन्। फिल्डिङका कारण भारतका खेलाडिले पुरै म्याचभरी १३ चौका लिन सके। ११ देखि ५० ओवरका बीचमा भारतीय खेलाडीले चार चौका मात्रै लिन सके।

मिडिल ओवरमा बाउन्ड्रीको कमीः पुरै म्याचमा विस्फोटक ब्याटिङ गरेका भारतीय ब्याट्समेन फाईनलमा मुसा सावित भए। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले आक्रामक शुरुवात गरेको थियो। यद्यपी, बीचका ओभरमा भारतीय पारी लिकबाट झर्यो। भारतले यसैको सजाय भोग्यो। यस अघिका म्याचमा सुरुमा विकेट झरेपछि मध्यक्रममा खेल्ने खेलाडीले त्यसलाई सम्हालेनका थिए तर यो म्याचमा यस्तो भएन। मध्येक्रमका ब्याट्समेनले पारी सम्हाल्ने प्रयास गरेपनि विकेट जाने क्रमलाई रोक्न सकेनन्।

अस्ट्रेलियासँग बलरको पर्याप्तताः अस्ट्रेलियाका लागि यो म्याचमा तीन जना पार्टटाईम वलर ग्लेन मैक्सवेल, मिचेल मार्श र ट्रेविस हेडले वलिङ गरे। उनीहरुले १० ओभरमा मात्र ४४ रन दिए। र रोहित शर्मालाई आउट गरे। रोहितलाई मैक्सवेलले क्याच गराए। तीन पार्ट टाइमर्सको किफायती वलिङ पनि म्याचको टर्निङ प्वाइन्ट साबित भयो। तीन विकेट झरेपछि भारतका ५ जना वलर विकेटका लागि लडाई गरिरहेको देखियो। हार्दिक पान्ड्याको कमी यो म्याचमा देखियो।

मध्य ओवरमा भारतको खराब बलिङः भारतले सुरुवातमा त वलिङ राम्रै गर्यो तर, यो म्याचमा केही बदलाव गरियो। शमीलाई पहिला उतारियो। यो म्याचमा शमी बुमराहको पछाडि दोस्रो ओवर लिएर आए। उनले धेरै एक्स्ट्रा रन लुटाए।

खराब विकेटकीपिङः यो म्याचमा राहुलको विकेटकीपिङ साह्रै खराव देखियो। उनको वरीपरीबाट वल जसरी बल छुट्दै गयो, त्यसैगरी भारतको हातबाट फाईन म्याच जित्ने सपना पनि चकनाचुर हुँदै गयो।

खराब फील्डिङः जसरी अस्ट्रेलियाका खेलाडिले सवथोक विर्सेर कमाल देखाए, त्यही भारतीय खिलाडीको फिल्डिङ त्यस अनुसारको देखिएन। भारतीय खेलाडीले आफनो पावर देखाउनै सकेनन। आँखै अगाडि अस्ट्रेलियका खेलाडीले चौकाको रास लगाई दिए।

ट्रेविस हेडः ट्रेविस हेडले एक पटक फेरी भारतलाई हराए। यसअघिको विश्व टेस्ट च्याम्पियनशिप २०२३ को फाइनलमा पनि ट्रेविस हेड नै भारतको हारको कारण थिए। विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा उनले १७४ बलमा १६३ रनको पारी खेलेका थिए।

स्पिनर्सले विकेट लिन नसक्नुः यो म्याचमा भारतीय स्पिनर्सले कुनै विकेट लिन सकेनन्। भारतीय स्पिनर्सले कुनै विकेट नलिएको यो पहिलो खेल हो। कुलदीप यादव र रवीन्द्र जडेजाको बलिङमा ट्रेविस हेडले टन्नै रन बनाए।

भाग्यले पनि साथ दिएनः यसअघिका तिन म्याचमा टस जितेको भारतले फाईनलमा टस हार्यो। तर, रोहितले त्यसलाई महसुस हुन दिएनन्। हामी पहिला ब्याटिङ गर्न चाहान्छौं भन्दै उनले भाग्यलाई पनि खुसी पार्ने प्रयास गरे। तर, टस जितेको भए रोहितले के फैसला गर्थे त्यो त भागवानलाई नै थाहा थियो। भारतीय वलरलाई पनि भाग्यले ठग्यो। २८औं ओवरमा जसप्रीत बुमराहको बल सिधै गएर लाबुशेनका प्याडमा लाग्यो। यदि यो वेल एक विकेट पाएको भए भारतीय टीमको पासा पल्टिन सक्थ्यो। तर, त्यसो हुन सकेन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट