एमालेका पूर्ववडाध्यक्षको करेण्ट लागेर मृत्यु

रौतहट — रौतहटको गौर नगरपालिका–५ का पूर्ववडाध्यक्ष रामस्वार्थराय यादवको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गौरका अनुसार बुधबार बिहान आफ्नै बाख्रा फार्ममा मोटर चलाउने क्रममा करेन्ट लाग्दा यादव गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार यादवलाई फार्ममा पानी भर्ने क्रममा बिजुलीको मोटरबाट करेन्ट लागेको थियो। तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको पुष्टि भएको छ।
यादव नेपाल कम्युनिस्ट पार्टी (एमाले)का जिल्ला कमिटी सदस्य समेत थिए। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया