धनुषामा महिलाको शंकास्पद मृत्यु, घाँटीमा चोट

जनकपुर– धनुषामा एक महिलाको शंकास्पद मृत्यु भएको छ। सबैला गाउँपालिका–२ कि २५ वर्षकी पूजा साहको मृत्यु भएको हो।
स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाका अनुसार महिलाको मृत्युबारे अनुसन्धान सुरु भएको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
प्रतिक्रिया