किन सम्वन्ध विच्छेदको अवस्थासम्म पुग्यो अभिषेक र ऐश्वर्याको सम्वन्ध ?

काठमाडौं– बलिउडका चर्चित कलाकार ऐश्वर्या राय र अभिषेक बच्चनबीच सम्बन्ध विच्छेद गर्नेसम्मको अवस्था आएको छ।

अमिताभ बच्चनले आफ्नी छोरी श्वेतालाई पारिवारिक सम्पत्तिका रूपमा रहेको बंगला दाइजो दिएपछि अभिषेकका दम्पत्तिमा विवाद सुरु भएको थियो। उक्त विवाद वढ्दै जाँदा ठूलै तनाव सिर्जना भएको छ।

अमिताभले छोरीलाई बंगला दिएपछि बुहारी रिसाएको अनुमान गरिएको छ । साथै, केही समयदेखि ऐश्वर्या घरमा नबसेर माइतीमा बस्दै आएकी छन्। उनीहरु सम्वन्ध विच्छेद गर्नेसम्मको अवस्थामा पुगेको वताईन्छ।

ऐश्वर्या र अभिषेक सार्वजनिक रूपमा एकसाथ नदेखिएको पनि धेरै समय बितिसकेको छ । जहाँ जाँदा पनि ऐश्वर्याले छोरी आराध्यलाई लिएर हिँड्ने गर्छिन्। अभिषेक उनीहरूसँग देखिँदैनन्।

अभिषेक गएको कार्यक्रममा ऐश्वर्याका आमाछोरी हुँदैछन् भने ऐश्वर्याका आमाछोरी गएको कार्यक्रममा अभिषेक हुँदैनन्। केही समययता अभिषेकले आफ्नो विवाहको औँठी पनि लगाउन छोडेका छन् । पहिले उनी सँधै लगाउने गर्थे ।

हालै ऐश्वर्या रायको जन्मदिनमा अभिषेकले उनलाई शुभकामना दिएका थिए । तर, परिवारका अरु कुनै पनि सदस्यले बर्थ डे विस गरेनन्।

अमिताभले ऐश्वर्यालाई इन्टाग्राममा अनफलो गरेको समाचार पनि सार्वजनिक भएका छन्। ऐश्वर्या र अभिषेकको विवाह २००७ को अप्रिलमा भएको थियो।

विवाहको केही समयपश्चात् नै ऐश्वर्या र अभिषेककी आमा जया बच्चनबीच सम्बन्ध बिग्रिएको समाचारहरू आउन थाले । विवाहपछि रिलिज भएको चलचित्र ‘धूम’ मा ऐश्वर्या र ऋतिक रोशनबीच डिप किसको दृश्य थिए। यसलाई लिएर अमिताभ र जया ऐश्वर्यासँग असन्तुष्ट बनेका थिए। सो चलचित्रको रिलिजपश्चात उक्त दृश्य काट्नका लागि बच्चन परिवारले फिल्म प्रोड्यूसरलाई दबाब पनि दिएका थिए।

विवाहपछि पनि ऐश्वर्या फिल्ममा सक्रिय हुन चाहन्थिन्। तर, बच्चन परिवार उनलाई अन्य हिरोहरूको अंगालोमा देख्न चाहन्थेन। समस्या यहीँबाट सुरु भएको बताइन्छ। सन् २०११ मा ऐश्वर्या र अभिषेकको पहिलो सन्तानका रूपमा छोरी आराध्या जन्मिइन्।

आराध्यालाई सबैले माया गरे पनि ऐश्वर्या भने सासूको अवहेलनामा परिरहिन् । यद्यपि, यसबीचमा उनले केही चलचित्रमा काम गरिन् । ७ वर्षअघि रिलिज भएको फिल्म ‘ऐ दिल हे मुस्किल’ मा उनले रणवीर कपुरसँग केही इन्टिमेट सिनहरू दिइन् । यसले अभिषेक र ऐश्वर्याबीच तनाव बढाएको चर्चा गरिन्छ ।

ऐश्वर्यासँग प्रेममा पर्नुअघि अभिषेक थुप्रै युवतीसँग सम्बन्धमा थिए। अर्की अभिनेत्री करिश्मा कपुरसँग अभिषेकको ईंगेजमेन्टसमेत भइसकेको थियो । तर, ईंगेजमेन्टको ५ महिनापछि उनीहरू अलग भए । अभिषेकको बलिउड अभिनेत्री रानी मुखर्जी, दिपन्नीता शर्मा लगायतसँग पनि अफेयर थियो । ऐश्वर्यासँग प्रेममा पर्नुभन्दा ठीक अघि चाहीँ जान्भी कपुरसँग अभिषेक निकट थिए। जान्भीले सार्वजनिकरुपमा नै ऐश्वर्याले आफ्नो प्रेम खोसेको आरोप लगाएकी थिईन।

यता, ऐश्वर्याका पनि व्वाइफ्रेन्डका ताँती थिए। पब्लिक फिगर भइसकेपश्चात सबैभन्दा सुरुमा उनको नाम राजीव मुलचडनीसँग जोडिएको थियो । जब ऐश्वर्या स्टार भइन्, राजीवलाई छोडिन। ऐश्वर्याको सबैभन्दा चर्चित अफेयर चाहीँ अभिनेता सलमान खानसँग रह्यो । सलमान ऐश्वर्याका लागि पागल थिए । उनीहरुबीच दुई वर्षसम्म अफेयर चल्यो । तर, ऐश्वर्याको परिवारले सलमानसँग घरजम गर्ने अनुमति दिएनन् ।

एकपटक सलमानले ऐश्वर्याको घरमै गएर उत्पात मच्चाएका थिए । उक्त घटनालाई लिएर ऐश्वर्याका बाबुले प्रहरीमा सलमानविरुद्ध उजुरी समेत गरेका थिए । तर, सलमानको पागलपन रोकिएन। एकपटक ‘चल्ते चल्ते’ फिल्मको सेटमै गएर सलमानले ऐश्वर्यासँग झगडा गरेका थिए । ऐश्वर्याले सलमानलाई थप्पड हानेकी थिइन् ।

सलमानसँग टाढिएपछि ऐश्वर्या विवेक ओवरायसँग नजिक भइन् । उनीहरुबीच फिल्म ‘क्यूँ होगया न’ फिल्मको सेटमा भेट भएको थियो र तत्काल प्रेममा परेका थिए । तर, विवेकसँग पनि ऐश्वर्याले विवाह गर्न चाहिनन्।

अन्ततः ऐश्वर्याले घरानिया परिवार रोजेर अभिषेकसँग विवाह गरिन। उनको परिवारको भारतीय फिल्म उद्योगमा ठूलो बिरासत छ । यो जोडीलाई बलिउडको ‘पावर कपल’ पनि भन्ने गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट