सासु र जेठाजु मिलेर कान्छि वुहारीको अन्यत्रै विवाह, २ सन्तानका पितासँग परिन सुजा

इटहरी– नेपाली समाजमा पतिको मृत्यु भएपछि पत्निले एकल महिलाको रुपमा जिवन विताउँदै आएको पाईन्छ। कलिलै उमेरमा पतिको मृत्यु हुने महिलाले नर्क समान जिवन विताउँदै आएका छन्।
तर, त्यस विपरित पछिल्लो समय समाजमा केही सकारात्मक परिवर्तनहरु पनि देखिन थालेका छन्। यसैको उदाहरणका रुपमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ को एउटा परिवारले आफनै कान्छि वुहारीको अन्यत्र विवाह गरिदिएका छ।
सासु र जेठाजु मिलेर बुहारीको पुनः विवाह गरिदिएका हुन् । सासु जानुका पौडेल र जेठाजु पुण्य पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धार्मिक परम्पराअनुसार बिहीबार पुनः विवाह गरिदिएका हुन।
झापाको बैगुन्धुराकी सुजाको ०६९ सालमा जानुकाका कान्छो छोरा फणीन्द्रसँग मागी विवाह भएको थियो। फणीन्द्रको ०७१ मृत्यु भयो। फणिन्द्र वितेको ९ वर्षपछि परिवारले बुहारीलाई सुनसरी डुम्राहाका रमेश रेग्मीसँग विवाह गरिदिएको हो।
कान्छी बुहारीको रुपमा भित्र्याईएकीसुजालाई छोरीको रुपमा विवाह गरि विदा गरेको जानुकाले बताइन्। बुहारीको माइती पक्षसँग पनि छलफल गरेर विवाह गरिदिएको उनको भनाई छ।
रमेशको पनि पहिलो श्रीमतीको दुई वर्ष पहिले मृत्यु भएको थियो। उनका एक छोरा र एक छोरी छन्। बेहुली सुजाकी पनि एक छोरी छन्।