श्रीमतीलाई कान्छी आमा बनाएर स्वर्गवासी वुवाको पेन्सन खाँदै आएका विकास पक्राउ

राजविराज— वडा अध्यक्षको मिलेमतोमा आफ्नै श्रीमतीलाई आमा बनाएर ५ वर्षदेखि स्वर्गवासी बुबाको पेन्सन (निवृत्तिभरण) वुझ्दै आएका पर्साको बहुदरमाई नगरपालिका–२, सिसयाडीका विकास यादव पक्राउ परेका छन्।

यादवले श्रीमती संगीतालाई कान्छी आमा गीतादेवी बनाएर ०७४ मै मृत्यु भइसकेका बुवा विनोदको पेन्सन वुझिरहेको पाईएको छ। मनकामना प्राथमिक विद्यालयको प्रधानाध्यापक विनोद र उनकी श्रीमती मिनादेवी यादव समेतको मृत्यु भएपछि वडाध्यक्ष जीतेन्द्र पटेलको मिलेमतोमा संगीतालाई गीता वनाईएको पाईएको छ।

संगीताको नाता प्रमाणित गराई नागरिकता समेत निकालेर पेन्सन वुझिरहेको सूचनापछि विनोदका कान्छा भाई प्रमोद यादवले प्रहरीमा उजुरी गरेका थिए। मुद्दा दर्ता भएपछि विकासलाई प्रहरीले पक्राउ गरेको छ। मुद्धामा वडाध्यक्षलाई समेत प्रतिवादी बनाइएको पर्सा प्रहरीका डीएसपी कुमारविक्रम थापाले वताए।

वडाध्यक्ष पटेलले ‘गीतादेवी यादव विनोदप्रसाद यादवको श्रीमती हो’ भन्दै १२ असार ०७५ मा सिफारिस गरेका छन् भने विनोदले ‘निवेदिका एकासँगोलको कान्छी आमा हो’ भन्दै सनाखत गरेका छन्।

प्रमोदका अनुसार सुरुमा विकाशले नाता प्रमाणितका लागि वडा कार्यालयमा निवेदन दिएका थिए। तर, तत्कालिन वडा सचिव रामअयोध्या प्रसाद साहले झुठो नाता प्रमाणित नगरेपछि २१ माघ ०७४ उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जमा वडा कार्यालयविरुद्ध नाता प्रमाणित गराउन परमादेश आदेशको लागि रिट निवेदन दिईएको थियो।

उच्च अदालतले आवश्यक कागजात लिई वडा कार्यालयमा आए कानुन बमोजिम प्रक्रिया पु¥याई नाता प्रमाणित गर्ने परमादेश गर्यो। त्यसपछि वडाध्यक्ष पटेलले ४ असार ०७५ मा वडा सचिवले गर्ने काम समेत आफैं गरी झुठो कागज वनाईएको उनको भनाई छ।

पहिलो पटक स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका पटेल पछिल्लो पटक कांग्रेसबाट पुनः विजयी भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट