वीरगन्जमा मेयर र उपमेयरका समर्थकबीच ग्याङफाईट, डीएसपीको नेतृत्वमा प्रहरी परिचालन

वीरगन्ज — वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच मंगलबार ग्याङफाईट भएको छ। स्थिति नियन्त्रणमा लिन डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गर्नु परेको छ।

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा दुई समुहबीच विवाद भएको हो। जानकारी अनुसार मेयर राजेशमान सिंहको कार्यालय महानगर परिसरको दक्षिणपट्टिको भवनको नवनिर्मित तेस्रो तल्लामा सारिएको छ।

मेयरको कार्यालय सरेपछि उपमेयर आलमको कार्यालयसँग टाँसिएको कार्यकारी अधिकृतको कार्यालय मेयरको पुरानो कार्यालयको कोठामा सारिएको छ। कर्मचारीका अनुसार कार्यकारी अधिकृतको कार्यालय सरेपछि खाली भएको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा बनाउने योजना रहेको थियो। हाल पञ्जीकरण शाखा साँघुरो कोठामा सञ्चालित छ।

तर, उपमेयर इम्तियाज आलमको सचिवालयले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताएका थिए। ताला लगाएको उक्त कोठामा पञ्जीकरण शाखा बनाउने विषय उठेपछि विवाद भएको एक कर्मचारीले बताए।

सोही विषयमा मेयर र उपमेयरका समर्थकबीच झडप भएको जनाईएको छ। स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट