१४ किलो सुन प्रकरणमा विमानस्थलकी सरसफाइ सुपरभाइजर पाण्डे पक्राउ

काठमाडौं– १४ किलो सुन पक्राउ परेको प्रकरणमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ।

२१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए। सोही प्रकरणको अनुशन्धानका क्रममा सुपरभाईजर सुशीला पाण्डेलाई पक्राउ परेकी हुन।

घलेलाई विमानबाट ओर्लदै गर्दा पक्राउ परेका थिए। घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो।

सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो।समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट