सिरहामा १४ वर्षिया बालिका बोर्डिङ स्कुलका शिक्षकबाट बलात्कृत

लहान– सिरहामा एक बालिका बोर्डिङ स्कुलका शिक्षकबाट बालात्कृत भएकी छिन्।

विष्णुपुर गाउँपालिका–१ स्थित रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी १४ वर्षीय बालिका बिहीबार राति सोही विद्यालयका शिक्षकबाट बलात्कृत भएकी हुन।

होस्टेलमा खाना बनाउन आमालाई पालो दिन गएकी बालिकालाई विज्ञान पढाउने शिक्षक २५ वर्षीय रञ्जित यादवले बलात्कार गरेको जनाईएको छ।

सिरहा नगरपालिका–१७ पटेर्वाका यादव घटनापछि फरार छन्। बलात्कारको घटना लगत्तै किशोरीले राति नै दिदीलाई फोन गरेर जानकारी गराएकी थिइन्। उनकी दिदीले विद्यालयका सञ्चालक संजय यादवलाई राति १२ बजे फोन गरिन।

विद्यालय संचालक यादवका अनुसार आरोपित शिक्षक राति नै फरार भएका हुन्। उनले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न बालिका र उनका आफन्तलाई दबाब दिएको पाईएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटनाबारे जानकारी आएको र थप बुझ्ने काम भइरहेको बताएको छ। सिरहा प्रहरीका डीएसपी रविन्द्र राज पाण्डले पीडित र उनका अभिभावकसँग सोधपुछ गर्ने काम भईरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट