सवा करोड घुस लिएको आरोपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

काठमाडौं– पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्। उनलाई कार्यकक्षबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी बताए।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको रजिस्ट्रार हुँदा पराजुलीले १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन। पराजुलीको नाममा ५ पुसमा पक्राउ पुर्जी जारी भएको थियो।

पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न उनले घुस लिएको भन्दै सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीले बयान दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।

गत कात्तिक ४ गते बैंकिङ कसुरमा प्रक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई घुस दिएको बयान दिएका थिए।

स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामासमेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्र्याउन चाहेका थिए। तर, पराजुलीले फाइल अड्काइदिएपछि घुस दिएर मिलाइएको बयान दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।

मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट