४ महिनाअघि प्रेम विवाह गरेका श्रीमानको शव गहुँबारीमा, श्रीमती घाईते

जनकपुर– महोत्तरीको लोहारपट्टी नगरपालिका–३, महदैया घर भई धनुषाको महेन्द्रनगरमा डेरा गरेर वस्ने एक ब्यक्ति गहुँ बारीमा मृत अवस्थामा फेला परेका छन्। सँगै उनकी श्रीमती घाईते अवस्थामा छिन्।

४ महिनाअघि मात्रै प्रेम विवाह गरेका राधे सहनी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँबारीमा मृत फेला परेका हुन्। उनी श्रीमती अस्मिता सख्त घाईते छिन्।

अस्मिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनीहरुको अवस्था कसरी यस्तो भयो भन्ने खुलेको छैन।

क्षिरेश्वरनाथ नगरपालिका–३, पकडियाकी अस्मितासँग प्रेम विवाह गरेपछि राधेले क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा लिएका थिए। उनीहरु सोही डेरमा बस्दै आएको खुलेको छ।

घट्ना हुनु अघि भने उनीहरु माईती/ससुराली घरमा थिए। केही साथीहरुले डेरामा रमाईलो गर्नु पर्छ भनेपछि राधे साथी र श्रीमतीसहित महेन्द्रनगरका लागि निस्केका थिए। त्यही क्रममा राधे मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ।

स्थानीयले भने घटना रहस्यम भएको बताएका छन्। राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन्। प्रहरीले घट्नाको अनुशन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्स्पेक्टर दिपक कार्कीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट