दिल्लीमा मौसम प्रतिकुलताले जहाज उडानमा ढिलाई हुँदा पाईलटले कुटाई खाए

काठमाडौं– भारतमा इन्डिगो एयरलाइन्सका एक पाईलटले जहाजभित्रै यात्रुको हातपाट कुटाई खाएका छन्। निर्धारित समयभन्दा जहाजको उडानमा ढिलो भएपछि पाइलटमाथि कुटपिट भएको हो।

उडानका क्रममा रहेको जहाजका पाइलटलाई यात्रुले कुटपिट गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा देखिएअनुसार पाइलटले जहाज उड्न ढिला हुने घोषणा गरे तब एकजना यात्रु उनीतिर दौडिएर थप्पड हान्न उत्रिए।

त्यसपछि त्यहाँ अन्य यात्रुले पाइलटलाई जोगाएर कुटपिटमा उत्रिनेलाई उनको सिटतिर लगेर गएको देखिन्छ। यसक्रममा कुटपिटमा उत्रिएका व्यक्तिले पाइलटलाई भने, ‘जहाज चलाउने हो भने चलाइजानू, होइन भने ढोका खोलिदेऊ, म बाहिर जान्छु।’

त्यही भिडिओमा अर्की महिलाको आवाज पनि सुनिन्छ। जहाँ उनी भन्छिन– तिमीले यो जे ग¥यौ, गलत हो। यो भिडिओ भारतीय राजधानी दिल्लीको भएको बताइएको छ। यो जहाज दिल्लीबाट गोवा जाने तयारीमा थियो।

इन्डिगोले यस घटनामा संलग्न यात्रुविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। आइतबार दिल्ली र उत्तर भारतमा बाक्लो हुस्सु लागेर भिजिबिलिटी शून्य हुँदा कयौँ घण्टासम्म जहाज उड्न सकेनन्। हुस्सुका कारण कयौँ उडान रद्द भए भने केहीले ढिलो गरी उडान गरे।

हिन्दुस्तान टाइम्सका अनुसार भारतमा आइतबार खराब मौसमका कारण ४ सय उडान ढिलो भए। जसमा १० उडानको बाटो परिवर्तन गरियो भने २० वटा रद्द भए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट